राजनीति

पहिचानका आधारमा प्रदेशको नामकरण गर्न सडक आन्दोलन गर्ने प्रचण्डको घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः जातीय मुद्दालाई राजनीतिक एजेण्डा बनाउने घोषणा गर्नुभएको छ । उहाँले पहिचानका आधारमा प्रदेशको नामाकरणका लागि आन्दोलन नै गर्ने बताउनुभएको छ ।

शुक्रबार मगर राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान निर्माण अघिको अवधिमा पहिचान र अधिकारका मुद्दा उठाएको प्रसंग उल्लेख गर्दै त्यसबेलामा ती लागू गर्न नसके पनि अब फेरि उठाउने घोषणा गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो ‘संविधान परिमार्जनका लागि सडकबाट आन्दोलन सुरु गर्छौं । पहिचानका आधारमा नाम राख्ने कुरालाई उठाउने छौं । तपाईंहरूले पनि त्यही दिशामा नीति र नेतृत्व बनाउनुहोस् ।’

सम्बोधनका क्रममा प्रचण्डले युद्धका बेलामा रोल्पा रुकुमको मगर समुदायका बीचमा समय बिताएको उल्लेख गर्दै उनीहरूका समस्या नजिकबाट अनुभूत गरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.