कला/मनोरन्जनकलिउड
प्रमोदले ल्याए परदेशको बोल गीत
लोकप्रिय गायक प्रमोद खरेलको नयाँ गीत बजारमा आएको छ । खरेलका स्वरमा गीतकार प्रकाश योञ्जनको ‘परदेश बोल’ को गीत सार्वजनिक भएको हो ।

सिन्धुपाल्चोकका योञ्जनले लेखेका उक्त गीत दर्शकले मनपराउनेमा उहाँ विश्वस्त हुनुहुन्छ । गीतकार योञ्जन आमालाई चाहियो रे बोलको गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका हुन् ।
सार्वजनिक भएको परदेश गीतलाई गीतकार प्रकाश योञ्जनले लेखेका हुन् भने टीका बम्जनले सङ्गीत भरेका हुन् । पवन लामाले सङ्गीत संयोजन गरेको गीतलाई गायक प्रमोद खरेलले गाएका हुन् ।
उमेश गुरुङले निर्देशन, कमला अमगाइले निर्माण, शम्भु चालिसेले भिडियोलाई छायाङ्कन गरेका हुन् । भिडियोमा महेश खड्का उषा सुवेदी र पशुना केसीको अभिनय समेटिएको छ ।
प्रतिक्रिया राख्नुहोस्