कोभ्याक्स सुविधा अन्तर्गत संयुक्तराज्य अमेरिकाबाट नेपालमा थप ६ लाख ६४ हजारभन्दा बढी खोप ल्याइएको छ । शुक्रबार अमेरिकाबाट बिहान ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप आएको हो । यी खोपहरु बालबालिकाका लागि लगाइने छ ।

स्वास्थ्य सेवा विभागले आगामी १३ पुसदेखि काठमाडौँ उपत्यका सहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई कोभिडविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ ।
नेपालले कोभ्याक्स सुविधामार्फत फाइजर खोपका १ लाख ६२० मात्रा कार्तिक महिनाको दोस्रो साता प्राप्त गरेको थियो । सुरुमा उक्त खोप यस अघि खोप लगाउन छुटेका १२ वर्षमाथिका दीर्घरोगीहरूलाई उपलब्ध गराइएको थियो।
सरकारले प्रदेश नं १ का झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, धनुषा, र पर्सा, बागमती प्रदेशका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशका कास्की र बागलुङमा लगाइने छ ।
त्यसै गरी लुम्बिनी प्रदेशका रूपन्देही, बाँके र दाङ‚ कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोप दिने बताइएको छ।
प्रतिक्रिया राख्नुहोस्