जन सरोकारस्वास्थ्य

राजधानीमा बढ्दै कोरोना संक्रमित, एक हप्तामा थपिए एकहजार बढी

युरोपेली मुलुकमा कोरोना संक्रमण तीब्रगतिमा बढिरहेको छ । कोरोनाका भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन)को संक्रमण पनि बढ्दै गैरहेका बेला नेपालमा पनि यसका संक्रमित भेटिइसकेका छन् ।

नेपालमा संक्रमणदर न्यून नै देखिए पनि वितेको एक हप्तामा राजधानी उपत्यकामा भने कोरोना संक्रमित बढ्द थालेका छन् । एक हप्ताकोबीचमा यहाँ एक हजार भन्दा बढी कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर गरेर एक हजार ५३ जना कोरोना संक्रमित थपिएका हुन् । हिजो शुक्रबार काठमाडौँ उपत्यकामा १५१ जना कोरोना संक्रमित थपिएका थिए ।

मन्त्रालयका अनुसार काठमाडौँमा १०६ ,भक्तपुरमा १० र ललितपुरमा ३५ गरेर १५१ जना रहेका छन् । त्यस्तै बिहीबार काठमाडौंमा १०१, भक्तपुरमा १३ र ललितपुरमा ३४ जना गरि १४८ जना संक्रमित थपिएका थिए । बुधबार काठमाडौंमा ७६, भक्तपुरमा १३ र ललितपुरमा ३६ जना गरि १२५ जना संक्रमित थपिएका थिए ।

मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा ९०, भक्तपुरमा १८ र ललितपुरमा ३८ जना गरि १४६ जना संक्रमित थपिए । त्यस्तै सोमाबार काठमाडौंमा ८९, भक्तपुरमा सात र ललितपुरमा ३३ जना गरि १२९ जना संक्रमित थपिएका छन् ।

आइतबार काठमाडौंमा ६४, भक्तपुरमा छ र ललितपुरमा १३ जना गरि ८३ जना संक्रमित थपिएका छन् । शनिबार मन्त्रालयका अनुसार काठमाडौंमा ७५, भक्तपुरमा नौ र ललितपुरमा २६ जना गरि ११० जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा अहिलेसम्म दुई लाख ५४ हजार ८५८ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमा दुई लाख ५१ ह्जार ८२७ जना निको भएका छन् भने दुई हजार २३६ जनाको मृत्यु भएको छ । काठमाडौंमा ७९५ जना संक्रिय संक्रमित रहेका छन् ।

भक्तपुरमा अहिलेसम्म ३० हजार ३२१ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमा २९ हजार ३८३ जना निको भएका छन् भने ४३७ जना संक्तमितको मृत्यु भएको छ । भक्तपुरमा ५०१ जना संक्रिय संक्रमित रहेका छन् ।

ललितपुरमा अहिलेसम्म ५१४ हजार ११३ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमा ४९ हजार ८०१ जना निको भएका छन् भने ७०६ जना संक्रमिको मृत्यु भएको छ । ललितपुरमा ६०६ जना संक्रिय संक्रमित रहेका छन् ।

नेपालमा अहिलेसम्म आठ लाख २६ हजार ९०१ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमा आठ लाख १० हजार २७१ जना संक्रमित कोरोनामुक्त भएका छन् भने ११ हजार ५ सय ८२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।

देशभरमा पाँच हजार ४८ जना संक्रिए संक्रमित रहेका छन् । जसमा ९१ जना संक्रमितको आई सी यू र भेन्टिलेटरमा उपचाररत रहेका छन् । सरकारले अहिलेसम्म दुई करोड २८ लाख ४० हजार १८९ मात्रा खोप लगाइएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.