जन सरोकार

नक्कली भारतीय नोटसहित दुईजना पक्राउ

विराटनगरमा गए राति नक्कली भारतीय नोटसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बौका चोप्रहा निवासी ३० वर्षीय कुन्दन शिवरञ्जन सिंह रहेका छन् ।

पक्राउ

प्रहरीका अनुसार कुन्दनको साथबाट २०० का भारतीय नक्कली नोट रु तीन हजार ४०० र अर्का भारतीय नागरिक शिवरञ्जन सिंहका साथबाट १०० को भारतीय नक्कली नोट रु १४ हजार ३०० बरामद गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

प्रहरीले दुवै जनालाई मोरङको रङ्गेली नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरेको छ ।

सम्बन्धित खबर

Back to top button