राजनीति

माओवादी अधिवेशन सुरु (तस्वीरहरु सहित)

राष्ट्रिय सम्मेलनलाई रातारात परिवर्तन गरी महाधिवेशन बनाएको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन शुरु भएको छ ।काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालन भइरहेको महाधिवेशनको उद्घाटन शत्रमा आइतबार विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि निम्त्याइएको छ ।

महाधिवेशनमा १६ सय ३१ प्रतिनिधिहरु सहभागी हुनेछन् । महाधिवेशनलाई ख्याल गर्दै त्यहाँको सुरक्षा पनि निकै बढाइएको छ । अधिवेशनमा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली बाहेक अन्य दलका शीर्ष नेताहरु सहभागी हुनेछन् ।

महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धन नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.