राजनीति
चिनीया उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली काठमाडौंमा

नेपालको राजनीतिमा विकसित भएको पछिल्लो घटनाक्रमपछि उत्तरी छिमेकी मुलुक चीनबाट उच्चतहको भ्रमण सुरु भएको छ । सत्तारुढ नेकपा विभाजित भएपछि चीनबाट उच्चतहको भ्रमण भएको हो ।
आइतबार चीनबाट चिनियाँ कम्युनिस्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोली काठमाडौं आएको छ ।
चार दिन नेपाल बस्ने सो टोलीले नेपालको राजनीतिक घटनाक्रम बुझ्नुका साथै राष्ट्रपति सी चिनफिङको सन्देश पनि प्रवाह गर्ने बताएको छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि भारतबाट चीनका पराजय, भारतको जीतको संज्ञा दिइएका बेला आधिकारिक रुपमा कुनै टिप्पणी नगरेको चीनले उच्चतहका राजनीतिक नेतृत्वलाई नै पठाएको छ ।





प्रतिक्रिया राख्नुहोस्