कोरोना संक्रमण बढेपछि जनवरी ३१ सम्म जापान प्रवेशमा प्रतिबन्ध
कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण देखिएपछि जापानले एक महिनाभन्दा लामो समयका लागि विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । डिसेम्बर २८ सोमबारबाट लागु हुने यो प्रतिबन्ध जनवरी ३१, २०२१ सम्म कायम रहनेछ ।
यसबीचमा जापानी नागरिक तथा त्यहाँ बसोबास गर्ने विदेशीहरुले भने १४ दिन सेल्फ क्वारेन्टिनमा बस्ने नियम पालना गर्ने शर्त सहित जापान प्रवेश गर्न पाउने छन् ।
जापानको राजधानी टोकियोमा बेलायतबाट फर्किएका २ तथा जना यात्रुमा हिजो शनिबार तथा शुक्रबार सोही देशबाट जापान पुगेको ५ जना यात्रुमा कोरोना भाइरसको नयाँ रुप संक्रमण पुष्टि भएपछि यात्रा प्रतिबन्ध लगाइएको हो ।
यसअघि जापान सरकारले गत अक्टोबरदेखि जापान प्रवेशको अनुमति दिएको थियो । यसबीचमा केही निश्चित देश वा क्षेत्रबाट व्यावसायिक काममा आउनेहरुका लागि भने अनुमति कायमै राखेको छ । यद्यपि उनीहरुले ७२ घण्टाभित्र कोरोना मुक्त रहेको प्रमाण पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्