जवर्जस्ती करणीको प्रयास गर्ने १६ वर्षीय बालक पक्राउ
रुकुम (पूर्व) मा एक बालिकालाई जवर्जस्ती करणीको प्रयास गरेको आरोपमा एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिस्ने गाउँपालिकाका बालकले चार वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पुसको ९ गते घरमै बसिरहेकी बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको भन्दै परिवारले ११ गते प्रहरीमा जाहेरी दिएपछि ती बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी मानबहादुर विसीले बताउनुभयो ।
सूचना अधिकारी विसीका अनुसार ती चार वर्षीया बालिका आफ्नो (६/७) वर्षका घरकै दाइसँग बसिरहेकी थिइन् । त्यसै बखत ती युवक घरमा आएको र दाइलाई एकछिन बाहिर जाउ भनेर पठाइ उनले करणीको प्रयास गरेका थिए ।
परिवारले प्रहरीमा जाहेरी दिएपछि जबरजस्ती करणी उद्योगको आरोपमा ती बालकलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विसीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्