अर्थ
आज बढ्यो सुनको मूल्य, प्रतितोला ९३ हजार २००
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९३ हजार २०० पुगेको छ । अघिल्लो दिन पहेँलो धातु प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ७०० रहने छ जसको मूल्य आइतबार प्रतितोला रु ९२ हजार ६०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १०ले घटेर एक हजार २५० रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०९ डलर आसपास कारोबार भइरहेको छ
प्रतिक्रिया राख्नुहोस्