जन सरोकार

इँटाभट्टामा कार्यरत मजदूरलाई खोप

गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेशनले ईटाभट्टामा कार्यरत १७३ मजदूरलाई कोरोना खोप प्रदान गरेको छ । फाउण्डेशनले विडब्लु आई (विल्डिङ वर्कस युनियन)को सहकार्यमा भक्तपुरको दुवाकोटस्थित ईटाभट्टामा कार्यरत मजदूरलाई आज कोरोना खोप प्रदान गरेको हो ।

फाउण्डेशनका महासचिव सूर्य नेपालले जनस्वास्थ्य कार्यालय चाँगुनारायणको सहकार्यमा १७३ मजदूरलाई भेरोसेल खोप प्रदान गरिएको जानकारी दिनुभयो । खोप लगाएकामध्ये १३९ श्रमिकले पहिलो मात्रा र ३४ श्रमिकले दोस्रो मात्रा खोप लगाएका हुन् ।

उक्त इँटाभट्टामा सूदुरपश्चिम क्षेत्रका मजदूर कार्यरत छन् । बिडब्लु आइमा निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ, नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा मजदूर युनियन र अखिल नेपाल निर्माण मजदूर सङ्घ आवद्ध छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.