जापान
ओमिक्रोन समुदायस्तरमा फैलिएपछि उच्च शतर्कता
जापानमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमा फैलिन थालेपछि उच्च शतर्कता अपनाइएको छ । विभिन्न प्रान्तहरुमा कहाँबाट ओमिक्रोन संक्रमण भयो भन्नेबारे अझै तथ्य खुलेको छैन ।

राजधानी टोकियो, ओसाका, क्योटो, र फुकुओकामा ओमिक्रोन संक्रमित भएकाहरुका बारेमा त्यसको स्रोतका बारेमा कुनै जानकारी पाउन अधिकारीहरु असमर्थ भएका छन् । संक्रमितहरु तत्काल कुनै विदेश भ्रमण पनि गरेका छैनन् ।
फुकुओकामा शनिबार समुदायमा ओमिक्रोन संक्रमणको पुष्टि भएको थियो । कोरोनाको लक्षण देखिनु दुई दिन अघिसम्म संक्रमित व्यक्ति ओसाका र क्योटोमा रहेका थिए । अधिकारीहरुले ती व्यक्ति ती दुईस्थानबाटै संक्रमित भएका हुन् कि होइनन् खोज गरिरहेका छन् ।
ओमिक्रोनको संक्रमण बढ्न थालेपछि टोकियो, ओसाका र क्योटोमा लक्षण नभए पनि निःशुल्क परीक्षण सुरु गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्