राजनीति

कांग्रेसको १६ जिल्लाको अधिवेशन पुस २७ गते

नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन आगामी पुस २७ गते हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।

पार्टीको १४औँ महाधिवेशनका लागि अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन २७ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको जिल्ला अधिवेशन हुन बाँकी छ । यसअघि कांग्रेसको सातै प्रदेशको प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button