आगामी वैशाख ११ गते आयोजना हुने रारा म्यराथनको तयारी तीब्र पारिएको छ । अन्तरालको आयोजना र व्यवस्थापन रहेको उक्त म्याराथन मुगुको रारा तालबाट सुरु भई चुचेमारा हिमाल, डाँफे लेक हूँदै जुम्ला बजार पुगेर समापन हुनेछ ।

आयोजकले आज आयोजना गरेको पत्रकार सम्मेलनमा रारा म्याराथनको तयारी तीब्र बनाउँदै यसको सद्भावना दूतमा कीर्तिमानी अल्ट्रा धाविका मीरा राईलाई चयन गरिएको जानकारी दिइएको हो ।
पुरुष तथा महिला गरी दुई विधा समावेश गरिनेछ भने सद्भावना दूत राई प्रतियोगीका रुपमा नभएर सहभागीलाई प्रोत्साहन गर्न उनीहसंगै दौडने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा रारा म्याराथनका अध्यक्ष जयनारायण शाहले मीरा राई जस्तो कीर्तिमानी धाविकालाई सदभावनाा दूतका रुपमा पाउँदै म्याराथको उचाई बढेको बताउँदै उहाँको अनुभवबाट नयाँ खेलाडीले धेरै कुरा सुक्ने विश्वास लिनुभयो ।
राई विश्व एथलेटिक्स जगतमा साहसिक नेपाली ट्रेल तथा स्काई रनरका रुपमा विख्यात हुनुहुन्छ । दर्जनौं अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जित्न सफल राई सन् २०१७ को नेशनल जोग्राफी एडभेञ्चर अफ द इयर‘को विजेता हुनुहुन्छ ।
रारा म्याराथनले कर्णाली प्रदशको पर्यटन विकासमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । पत्रकार सम्मेलनमा इभेन्ट कोअर्डिनेटर चक्रबहादुर चन्दले म्याराथनलाई भव्य रुप दिन सबै पक्षसंग छलफल अघि बढेको र सबैसंग सहकार्यका लागि अनुरोध गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्