राजनीति

नेकपा विभाजित भएपछि 'नाम'लाई लिएर परेको मुद्दाको इजलास तोकियो

तीन वर्षअगाडि तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी (नेनेकपा) र माओवादी केन्द्रबीच एकता भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामलाई लिएर परेको मुद्दा सो पार्टी विभाजित भएपछि सर्वोच्च अदालतमा पेशीमा चढेको छ ।

मंगलबार पेसीमा चढेको सोा मुद्दा दुई पार्टी एक भएर नेकपा बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएपछि सोही वर्षको ९ कात्तिकमा निर्वाचन आयोगले ओली प्रचण्ड नेतृत्वको नेकपाको पक्षमा फैसला सुनायो ।

त्यसविरुद्ध २१ मंसिर २०७५ मा सर्वोच्चमा दायर गरिएपछि विचाराधीन थियो । तर तर नेकपा फुटेर ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको बेला न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा यो मुद्दा फेरि पेसीमा चढेको छ ।

सम्बन्धित खबर

Back to top button