जन सरोकार

नयाँ बसपार्कमा सामूहिक बलात्कार, सातजना पक्राउ

काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले घटनामा संलग्न सातजनालाई मंगलबार पक्राउ गरेको छ भने दुईजना फरार छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले एसएसपी सुदीप गिरीका अनुसार पटक–पटक गरी विभिन्न समयमा ती महिलामाथि बलात्कार गरेको पीडित महिलाका आफन्तले मंगलबार प्रहरीमा उजुरी दिएपछि प्रहरीले ७ जनालाई पक्राउ गरेको हो ।

पीडितले उजुरी गरेपछि सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्‍नहरुलाई मंगलबार राति नै नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

घटनामा संलग्‍न अन्य दुई जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडित महिलाको उमेर करिब ३२ वर्ष रहेको र हाल उनको स्वस्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button