जन सरोकार

अस्पतालको क्वाटरमा चारजनाको रहस्यमय मृत्यु

नेपालगन्जस्थित भेरी अस्पतालको कर्मचारी क्वाटरमा चार जनाको रहस्यमय मृत्यु भएको छ। अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको हो।

अस्पतालको स्टोर शाखामा कार्यरत कर्मचारी धनप्रसाद भट्टराई, उनका बहिनी अन्दाजी २२ वर्षीया कोली भट्टराई, तीन महिनाका छोरा इप्सन भट्टराई र सासु अन्दाजी ५५ वर्षीया कोपिला भट्टराईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।

उनीहरु एउटै कोठामा सुतेका थिए । चिसोमा आगो बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त क्वाटरमा भट्टराईसहित ७ जना रहेका थिए ।

चार जनाको मृत्यु भए पनि अन्य तीन जना अचेत अवस्थामा फेला परेका थिए । तीन जना मध्ये एक जनाको होस खुले पनि दुई जना अझै अचेत अवस्थामै रहेको प्रजिअ खत्रीले बताउनुभया । मृतक भट्टराईकी पत्नी, अर्का छोरा र बहिनीको उपचार भेरी अस्पतालमा भइरहेको छ।

बिहीबार बिहान करिव ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा चार जना मृत अवस्थामा फेला परेका थिए। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बाँकेका प्रहरी प्रमुख (एसपी) श्यामकृष्ण अधिकारीले घटनाको सुक्ष्म रुपले अनुसन्धान सुरु गरिएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button