जन सरोकार

उखु किसानको ९ करोड रुपैयाँ नतिर्ने लुम्बिनी चिनी मिलका सञ्चालक पक्राउ

उख किसानको ९ करोड हाराहारीमा भुक्तानी दिन बाँकी लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । प्रहरीले उपलब्ध गराएको रेकर्ड अनुसार लुम्बिनी मिलले उखु किसानलाई ९ करोड रुपैयाँ दिन बाँकी थियो । त्यसमध्ये एक करोड ३६ लाख रुपैयाँ मिलले जम्मा गराइसकेको छ ।



प्रदेश नं २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले दिएको जानकारी अनुसार महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको हो । अग्रवाललाई काठमाडौं पठाउने वा नवलपरासीबाटै कानुनी प्रक्रिया थाल्ने भन्ने टुंगो लागेको छैन ।

किसानलाई ठगी गरेको अभियोगमा सरकारले पक्राउ गर्न आदेश दिएका मध्ये चार मिलका मुख्य सञ्चालकहरु भने हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

सम्बन्धित खबर

Back to top button