कला/मनोरन्जनकलिउड

आकृति तामाङ भइन मिसेस तामाङ- २०२०

मिसेस तामाङ- २०२० को ताज आकृति तामाङले पहिरिएकी छिन् । एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगितामा आकृतिले ताजसंगै मिसेस पपुलर र मिसेस पर्सनालिटीको टाईटल समेत जित्न सफल भइन । त्यसै गरी क्रान्ति लामा योञ्जन फर्स्ट रनरअप, पब्लिक च्वाईस र मिसेस कन्फिडेण्ट, मिना कुमारी तामाङ सेकेन्ड रनरअप र मिसेस फ्रेण्ड्लि, मुना तामाङ थर्ड रनरअप र बेष्ट वाल्कको उपाधि जित्न सफल भएका थिए ।

बागमती प्रदेशको उपसभामुख राधिका तामाङको आतिथ्यतामा राजधानीमा सम्पन्न भएको उक्त प्रतियोगितामा विशेष अतिथिहरु पूर्व मन्त्री पर्शुराम तामाङ र प्रदेश सदस्य धनबहादुर घले रहनुभएको थियो ।

विगत ३ वर्षदेखि एस.के. इन्टरटेनमेन्ट प्रालिले मिसेस तामाङ आयोजना गर्दै आएको छ । उक्त प्रतियोगिताको निर्णायकहरु केशब थापा, शान्ति वाईबा तामाङ, रोशन तामाङ, वीरेन्द्र वाईबा तामाङ र प्रमुख निर्णायकमा सांसद प्रभात तामाङ रहेका थिए ।

तामाङ जातिको कला संस्कृति भेषभूषा, रिति(रिवाज एबम रहन(सहनलाई उजागर गर्दै विवाहित गृहिणीरव्यवसायिक तामाङ महिलामार्फत अन्य जनजाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवद्र्धन र सामाजिकीकरण गर्ने उदेश्यले आयोजना गरिएको मिसेस तामाङ (२०२० समग्र जनजातिहरुको पहिचान बनाउने उद्देश्य हो ।

प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुले फेसन कोरियोग्राफर रोजिन शाक्य मार्फत एक महिनासम्म विशेष प्रशिक्षण पाएका थिए । प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरिएको जानकारी आयोजक संस्थाकी अध्यक्ष शान्ता लामा तामाङले दिनुभयो ।

प्रतियोगीहरुले आफूले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनु नै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङले बताउनुभयो ।

यस सौन्दर्य प्रतियोगीताले बिबाहित तामाङ नारीबीच व्यक्तित्व विकास र आफूसंग भएको प्रतिभा प्रस्फुटन गरी समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उहाँको विश्वास रहेको छ ।

फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले संचालन गरेको प्रतियोगिताका बिजेताहरुले नगद रुपयाँ ५०, २५, १५ र १० हजार सहित विभिन्न उपहार समेत पाएका थिए ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.