जन सरोकार

बाक्लो कुहिरोका कारण आन्तरिक र बाह्य उडान बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान भिजिबिलिटी कम भएका कारण बन्द भएको छ । यहाँबाट दैनिक ५० को हाराहारीमा अन्तर्राष्ट्रिय र ३ सयको हाराहारीमा आन्तरिक उडान हुने गर्छन् ।

विमानस्थल टर्मिनल कार्यालयले दिएको जानकारी अनुसार बाक्लो कुहिरो र हुस्सुका कारण भिजिबिलिटीमा कमी आएको छ । काठमाडौंबाट जहाजलाई बाहिर निस्किन कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।

टर्मिनल ड्युटी अफिसका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न आन्तरिक उडानमा रहेका विमानका लागि १ हजार र अन्तर्राष्ट्रिय उडान गर्ने जेट विमानका लागि ११ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button