राजनीति

लिङ्देन-मिश्र भेटवार्ता : एकता कि समान मुद्दामा सहकार्य ?

पछिल्लो समय संघीयताको खारेजी धर्मनिरपेक्षतामा जनमतसंग्रहको माग गर्दैआएको विवेकशील साझा पार्टी र राजतन्त्रसहितको प्रजातन्त्र, हिन्दु राष्ट्र र संघीयता खारेजको मुद्दा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षबीच भेटवार्ता भएको छ ।

शुक्रबार राप्रपा अध्यक्ष लिङ्देन र महामन्त्री डा धवलशमशेर राणासहित विवेकशील साझाका अध्यक्ष मिश्रलाई उहाँकै निवासमा र गर्नुभएको भेटवार्तामा पार्टी एकताको प्रस्ताव राखिएको बताइएको छ ।

भेटपछि महामन्त्री डा. राणाले समान विचारधारा भएका पार्टी तथा संघसंस्थासँग मिलेर जाने पार्टीको नीतिअनुरुप मिश्रसँग भेटवार्ता भएको बताउनुभएको छ। राणाले निकट भविष्यमा सकारात्मक दिशातिरमा पुग्ने पनि उल्लेख गर्नुभएको छ ।

त्यसै गरी अध्यक्ष मिश्रले राप्रपा अध्यक्ष र महामन्त्रीसंगको भेटघाटको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेख्नुभएको छ ‘आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो। दुबैप्रति आभारी छु ।’

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.