जन सरोकारस्वास्थ्य

१६२ किसिमका औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड

सरकारी स्वामित्वमा रहेकोे नेपाल औषधि लिमिटेडको उत्पादनमा सबैभन्दा लोकप्रिय र अत्यधिक माग भएको सिटामोल र जीवनजल हो । अहिले वर्षको १८ करोड ट्याबलेट सिटामोलको माग छ । यससंगै लिमिटेडले अहिले १४४ किमिसका औषधि उत्पादन गरिरहेको छ ।

लामो समय बन्द रहेर पुनः उत्पादन सुरु गरेको औषधि लिमिटेले हेमोडाइलासिस सहित अन्य थप १८ प्रकारका औषधि उत्पादन गर्ने गरी क्षमता बढाउन लागेको हो ।

लिमिटेडले विभिन्न सङ्क्रमणमा प्रयोग हुने एन्टिबायोटिक, गर्भवती र बच्चालाई स्तनपान गराउँदा रगतको कमीबाट हुने रोगबाट बचाउने औषधि लगायत सेनिटाइजर, ग्लिसिरिन र जीवनजल गरी थप १८ वटा औषधि उत्पादन गर्ने तयारी गरेको हो ।

कम्पनीका महाप्रबन्धक सफिउल्लाहका अनुसार लिमिटेडले ती औषधि उत्पादनका लागि औषधि सेवा विभागमा अनुमति मागिसकेको छ । औषधि व्यवस्था विभागको टोलीले अनुगमन पश्चात् उत्पादन अनुमति दिने बितिकै ती औषधिको उत्पादन सुरु गर्ने महाप्रबन्धक सफिउल्लाह बताउनुभयो ।

औषधि लिमिटेडले पहिलो चरणमा मृगौला रोगीहरुको उपचारमा प्रयोग हुने हेमोडाइलासिसको प्रडक्ट लगायत एजिथ्रोमाइसिन २५० एमजी (ट्याबलेट), एजिथ्रोमाइसिन ५०० एमजी (ट्याबलेट), सिप्रोफ्लक्सासिन २५० एमजी (ट्याबलेट), सिप्रोफ्लक्सासिन ५०० एमजी (ट्याबलेट), मेट्रोनिडाजोल २०० एमजी (ट्याबलेट), मेट्रोनिडाजोल ४०० एमजी (ट्याबलेट),मेट्रोनिडाजोल प्लस डिलोक्सनाइन (ट्याबलेट),अल्बेन्डाजोल ४०० एमजी (ट्याबलेट),ट्याबलेट फोलिक एसिड ०.४ एमजी,ट्याबलेट आइरन प्लस फोलिक एसिड, हेमोलायलासिस ए, हेमोलायलासिस बी तथा ट्याबलेट सेट्रिजेन, ट्याबलेट सिटा प्लस, सेनिटाइजर, गिल्सिरिन र जीवनजल रहेका छन् ।

यी औषधिहरु उत्पादनका लागि आवश्यक पर्ने मेसिन लिमिटेडसँग रहेको सफिउल्लाहले जानकारी दिनुभयो । उहाँका अनुसार सिटामोल बनाउने मेसिनको प्रयोगबाटै विभिन्न औषधि उत्पादन गर्न सकिन्छ ।

‘सिटामोल बनाउनका लागि जुन मेसिन प्रयोग हुन्छ, अन्य औषधि बनाउन पनि त्यही मेसिन प्रयोग हुने हो। केही मेसिनहरु छन्, जुन खाली नै छ । उत्पादन नभएर हामीले प्रयोग गरिरहेका छैनौं। त्यसैले कच्चा पदार्थ ल्याउन मात्र समय लाग्ने हो। त्यो पनि एक महिनाभित्र ल्याउन सक्छौं’ उहाँले भन्नुभयो ।

हाल जीवनजल उत्पादनका लागि लिमिटेडसँग तीन वटा मेसिन छ । लिमिटेडले सिटामोल, सिटामोल प्लस, जीवनजल र ग्लिसिरिन गरी पाँच वटा उत्पादन गर्दै आएको छ । अर्को एउटा मेसिन ल्याउने तयारी लिमिटेडको छ जसका लागि टेन्डरको काम सकिएको छ ।

महाप्रबन्धक सफिउल्लाह देशभरमा एक वर्षमा आठ करोड चक्की सिटामोलको माग छ । लिमिटेडले देशको माग अनुसार सिटामोल उत्पादन गरेको महाप्रबन्धक सफिउल्लाह दाबी गर्नुहुन्छ ।

लिमिटेडले तीन महिनामा दुई करोड चक्की सिटामोल उत्पादन गर्ने गरेको सफिउल्लाह जानकारी दिनुभयो । महाप्रबन्धक सफिउल्लाह लिमिडेडले हाल दुई दिनमा तीन ब्याच सिटामोल र दैनिक तीन ब्याचसम्म जीवनजल उत्पादन गरिरहेको छ । सफिउल्लाहका अनुसार सिटामोल एक ब्याजमा तीन लाख २० हजार र जीवनजल एक ब्याजमा १२ हजार प्याकेट उत्पादन हुने गर्छ।

हाल लिमिटेडले विभिन्न १४४ थरीका औषधि उत्पादन गर्दै आइरहको छ । लिमिटेडमा सरकारी दरबन्दीमा र करार गरेर १०३ जना कर्मचारी कार्यरत छन् । नेपाल औषधि लिमिटेड कुल ४३ रोपनी जग्गामा सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button