नेपालले भारतलाई बराबरीमा रोक्यो

29 August, 2012 03:41 | खेल | comments | 55500 Views

पहिलोपटक नेहरु कपमा भाग लिएको नेपालले हिजो नयाँ दिल्लीको जवाहरलाल नेहरु रंगशालामा आयोजक भारतलाई गोलरिहत बराबरीमा रोक्यो । भारतसँग बराबरी खेल्दै नेपालले नेहरु कप फुटबल प्रतियोगितामा पहिलो अंक जोडेको छ ।

खेलमा नेपालले निकै सुधारीएको प्रदर्शन गरेपनि प्राप्त अवसरहरुलाई गोलमा बदल्न नसक्दा बराबरीमै चित्त बझाउनुपर्‍यो ।

  

 

खेलको अन्त्यतिर नेपालका डिफेन्डर विकाशसिंह क्षेत्री रातो कार्ड खाई बाहिरीएपछि नेपाल १० जनामा सिमित भएको थियो । यो बराबरीपछि नेपाल प्रतियोगिताको समुह चरणबाटै बाहिरीने निश्चित भएको छ । समुहको अन्तिम खेलमा नेपालले आगामी विहिवार सिरीयाको सामना गर्नेछ । यसअघि समुहको पहिलो खेलमा माल्दिभ्ससँग २-१ को हार भोगेको नेपाल दोस्रो खेलमा अफ्रिकी मुलुक क्यामरुनसँग ५-० ले पराजित भएको थियो ।

 

हिजोको खेलपछि नेहरु कपको फाइनलमा पुग्न तीन टोली भारत, माल्दिभ्स र क्यामरुनबीच प्रतिस्पर्धा हुने भएको छ । भारत ७ अंकसहित शीर्ष स्थानमा छ भने माल्दिभ्स ६ अंक सहित दोस्रो र क्यामरुन ४ अंक सहित तेस्रो स्थानमा छ । क्यामरुनले भारत र माल्दिभ्स दुवैसंग खेल्न बांकी छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More