पाराओलम्पिक लण्डनमा सुरु

30 August, 2012 03:49 | खेल | comments | 57600 Views

शारीरीक अशक्तता भएका खेलाडीहरुको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता पाराओलम्पिक खेल लण्डनमा सुरु भएको छ । गएराती एक भव्य समारोहको विच बेलायती महारानी एलिजावेथले महोत्सवको उद्घाटन गर्नुभयो । 

 

  

११ दिनसम्म चल्ने यो वृहत खेल महोत्सवमा विश्वका १ सय ६४ राष्ट्रका ४ हजार २ सयभन्दा धेरै खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । आयोजक ग्रेट ब्रिटेनबाट यसपटक ३ सय खेलाडीहरुले लण्डन पाराओलम्पिकमा सहभागिता जनाउनेछन् ।

 

प्रतियोगिताको पहिलो दिन ह्विलचेयर बास्केटबल, शुटीङ, पौडी र ट्र्याक साईक्लिङका खेलहरु भएका छन् । लण्डन पाराओलम्पिकका विभिन्न २१ खेलकुदमा ५ सय ३ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More