इंगल्याण्डका कप्तान एन्ड्रु स्ट्रसले सन्यास लिए
इंगल्याण्डका टेस्ट कप्तान एन्ड्रु स्ट्रसले क्रिकेटबाट सन्यास लिएका छन् । हालै दक्षिण अफ्रिकासंग टेस्ट सृन्खलामा पराजय भोगेपछि टेस्ट क्रिकेटमा नम्वर १ को ताज समेत गुमाएको इंगल्याण्डले आफ्न कप्तान पनि गुमाएको छ ।

इंगल्याण्ड भर्खरै समाप्त भएको सिरिजमा २-० ले पराजित भएको थियो । पराजित भए लगतै इंगल्याण्डले टेस्टमा नं १ को स्थान पनि गुमाएको थियो । इंगल्याण्ड माथिको बिजय पस्च्यात अहिले दक्षिण अफ्रिका टेस्ट, वनडे र ट्वान्टी-ट्वान्टी तीनवटै फर्म्याटमा नं १ बनेको छ ।
स्ट्रसले स्टार खेलाडी केविन पिटरसन संगको विवाद, आफ्नै खराव फर्म र दक्षिण अफ्रिकासंग को हारका कारण सन्यासको अप्रत्याशित घोषणा गरेको बताइएको छ । इंगल्याण्ड क्रिकेट बोर्डले बुधवार पत्रकार सम्मलेन गर्दे यस्तो जानकारी दिएको हो । स्ट्रसले सन्यास लिएपछि वनडे का समेत कप्तान रहेका एलिस्टर कुकुले टेस्टमा पनि कप्तानी गर्नेछन् ।
स्मरण रहोस, इंगल्याण्डको खराब प्रदर्शनको निरन्तरता जारी नै रहेको छ । टेस्ट सृन्खलाको पराजय पस्च्यात अफ्रिका बिरुद्धको पहिलो वनडेमा समेत मंगलबार इंगल्याण्ड पराजित भएको छ ।
आफ्नो खेल जीवनको शुरुवात देखि नै आकर्षक खेल प्रदर्शन गर्दै आएका स्ट्रसको भूमिका इंगल्याण्ड टिममा ओपनिङ ब्याट्स्म्यानको रहन्थ्यो । उनी पछिल्लो केही बर्ष देखि इंगल्याण्डको कप्तानको भूमिकामा देखिएका थिए । उनले आफ्नो टेस्ट खेलमा कुल २१ शतक प्रहार गरेका छन भने वनडेमा ६ शतक प्रहार गरेका छन ।
Ref: BBC Sports,
तपाईंको प्रतिकृया
ताजा समाचार
- दमौली कारागारमा कैदीबन्दीबीच झडप- पाँचजना घाइते
- झापामा विकासको लहर- दमक जोडिने चार पुलको एकसाथ उद्घाटन
- हजारौं शब्दले नबोल्ने कुरा बोल्छ एउटै कार्टुनले
- अदालतको अवहेलना गरेको छैन : अध्यक्ष दाहाल
- पुनःस्थापित संसदमा ३२ विधेयक प्रक्रियामा
- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तीनजनाविरुद्ध मुद्दा दायर
- कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा
- चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने : प्रधानमन्त्री ओली
- विघटनका पाँच प्रस्ताव, दुई मात्र सदर, दुईपटक अदालतबाट एकपटक सडकबाट पुनःस्थापित
- फाइजर र मोडर्नापछि अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति
- पर्सामा नक्कली किसान बनेर अनुदानको रकम हत्याउने होडबाजी
- जनयुद्धकालमा बेपत्ता पारिएकाहरु अझै फर्कने आशमा छन् आफन्त
- लामो समयदेखि बन्द रहेको केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै
- कांग्रेस ओली–प्रचण्ड दुबैको पक्षमा छैन : कांग्रेस महामन्त्री कोइराला
- दैनिक तीन सय ८५ रुपैयाँ ज्यालाले कसरी जीवन धान्छन् चिया मजदूर
- नेपाललाई गरीब देशको समूहबाट विकासशील राष्ट्रमा रुपान्तरण गर्न राष्ट्रसंघको सिफारिश
- ओली समूहमा सयभन्दा बढी सांसद रहेको दावी
- जब एनआरएनए पूर्वअध्यक्ष जीवालाई जलरङमा सजिने पहिलो मौका जुर्यो…
- जापानबासी बागलुङेहरुबाट सुवेदीको उपचारका लागि १८ लाख सहयोग
- पत्रकारिताका गुरु लालध्वज देउसा राईलाई ५१ हजार राशीको दीर्घ सेवा पुरस्कार
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


