भान पर्सिको ह्याटृकले म्यान्चेस्टर युनाईटेड बिजयी
डच स्ट्राइकर रोबेन भान पर्सिको ह्याट्रिकले म्यान्चेस्टर युनाईटेडले इङ्लिश प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा साउथाम्प्टनलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।

साउथाम्प्टनले खेलको शुरुवातमा युनाईटेडलाई निकै दबाबमा राखेको थियो । खेलको १६ औ मिनेटमा रिकी ल्याम्बर्टले गरेको गोलले साउथाम्प्टनले अग्रता लिएको थियो तर अग्रता धेरै बेर कायम रहन सकेन । खेलको २३ औ मिनेटमा भान पर्सीले गोल गरेर म्यान्चेस्टर युनाईटेडलाई बराबरीको स्थितीमा पुर्याए । खेलको दोश्रो हाफको शुरुमै मोर्गनले गोल गर्दै साउथाम्प्टनलाई पुन अग्रता दिलाए । त्यसपछि म्यान्चेस्टर युनाईटेड निकै दबाबमा देखियो । यसै बिच पाएको पेनाल्टीमा समेत भान पर्सिले गोल गर्न नसक्दा चौतर्फी दबाबको स्थिती सिर्जना भैरहेको थियो । तर खेलको निर्धारित समय समाप्त हुन भन्दा ३ मिनेट पहिला भान पर्सी कै गोल मार्फत म्यान्चेस्टर युनाईटेडले खेल पुन बराबरीमा पुर्यायो । र थपिएको अतिरिक्त ३ मिनेट बिच अन्तिम गोल गर्दै पुर्व आर्सनलका स्ट्राइकरले म्यान्चेस्टर युनाईटेडलाई जित दिलाए ।
यसै सिजन किर्तिमानी रकममा आर्सनलबाट म्यान्चेस्टर युनाईटेड आएका भान पर्सी आफ्नो टोलीका लागि आइतबारको खेलका सही नायक साबित भए । उता आइतबार नै भएको अर्को ठुलो खेलमा लिभरपुल आर्सनलसँग २-० ले पराजित भयो । आर्सनलका लागि जर्मन खेलाडी पोडोल्स्कीले काजोरियाले गोल गरेका थिए । हारसगै लिभरपुलले यो सिजनको अहिले सम्म एउटा पनि खेल जितेको छैन ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- दमौली कारागारमा कैदीबन्दीबीच झडप- पाँचजना घाइते
- झापामा विकासको लहर- दमक जोडिने चार पुलको एकसाथ उद्घाटन
- हजारौं शब्दले नबोल्ने कुरा बोल्छ एउटै कार्टुनले
- अदालतको अवहेलना गरेको छैन : अध्यक्ष दाहाल
- पुनःस्थापित संसदमा ३२ विधेयक प्रक्रियामा
- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तीनजनाविरुद्ध मुद्दा दायर
- कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा
- चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने : प्रधानमन्त्री ओली
- विघटनका पाँच प्रस्ताव, दुई मात्र सदर, दुईपटक अदालतबाट एकपटक सडकबाट पुनःस्थापित
- फाइजर र मोडर्नापछि अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति
- पर्सामा नक्कली किसान बनेर अनुदानको रकम हत्याउने होडबाजी
- जनयुद्धकालमा बेपत्ता पारिएकाहरु अझै फर्कने आशमा छन् आफन्त
- लामो समयदेखि बन्द रहेको केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै
- कांग्रेस ओली–प्रचण्ड दुबैको पक्षमा छैन : कांग्रेस महामन्त्री कोइराला
- दैनिक तीन सय ८५ रुपैयाँ ज्यालाले कसरी जीवन धान्छन् चिया मजदूर
- नेपाललाई गरीब देशको समूहबाट विकासशील राष्ट्रमा रुपान्तरण गर्न राष्ट्रसंघको सिफारिश
- ओली समूहमा सयभन्दा बढी सांसद रहेको दावी
- जब एनआरएनए पूर्वअध्यक्ष जीवालाई जलरङमा सजिने पहिलो मौका जुर्यो…
- जापानबासी बागलुङेहरुबाट सुवेदीको उपचारका लागि १८ लाख सहयोग
- पत्रकारिताका गुरु लालध्वज देउसा राईलाई ५१ हजार राशीको दीर्घ सेवा पुरस्कार
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


