आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फोरमा नेपालको विजयी सुरुवात

टस जितेर पहिले व्याटिङ थालेको सिङ्गापुरले ३९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय १२ रन बनाएको थियो ।

नेपाली बलरहरु चम्किएपछि दबावमा आएको सिंगापुरका लागि अनिश परामले ३१ रन जोड्नु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका अमृत भट्टराईले ४ विकेट लिए भने बसन्त रेग्मीले ३, सन्जम रेग्मीले २ र शक्ति गौचनले १ विकेट लिए । सिङ्गापुरले प्रस्तुत गरेरको १ सय १२ रनको लक्ष्य नेपालले २४ दशमलव ५ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।
नेपालको सुरुवात भने निकै खराब थियो । शुन्य रनमा अनिल मण्डललाई पहिलो विकेटका रुपमा गुमाएको नेपालको स्कोर बोर्डमा १६ रन हुँदा ज्ञानेन्द्र मल्ल व्यक्तिगत १२ रनमा पभेलियन फर्किएका छन् । पारस खड्का व्यक्तिगत ५ रन र सुभास खकुरेल ९ रनमा आउट भएपछि स्कोरबार्डमा २९ रन हुँदा नेपालले महत्वपूर्ण ४ जना गुमाइसकेको थियो ।
स्कोर बोर्डमा ४७ रन हुँदा शरद भेसवाकर पनि व्यक्तिगत ९ रनमा नै आउट भएपछि नेपाली टोली थप दबावमा आयो । तर, शक्ति गौचन र प्रदीप ऐरीले ६५ रनको साझेदारी गर्दै नेपाललाई महत्वपूर्ण जित दिलाए । ऐरी ३४ र गौचन १८ रनमा अविजित रहे ।
राउन्ड रोबिन लिगका आधारमा खेलिने डिभिजन फोर प्रतियोगितामा नेपालसँगै सिंगापुर, मलेसिया, अमेरिका, डेनमार्क र तान्जनिया सहभागी छन् । प्रतियोगिताको शीर्ष २ स्थानमा रहने टोली डिभिजन थ्रीमा उक्लनेछन् भने पुछारका २ टोली डिभिजन फाइभमा झर्नेछन् ।
बर्ल्डकप खेल्ने सपना लिएको नेपालले प्रतियोगितामा शीर्ष दुईमा रहँदै डिभिजन थ्रीमा उक्लने लक्ष्य लिएको छ । नेपालले अब भदौ १९ गते तान्जिनियासँग, २१ गते मलेसियासँग, २२ गते अमेरिकासँग र २४ गते डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते
- डोटीमा उमेर नपुगेका गर्भवती हुने क्रम बढ्दै
- उद्योगको गुणात्मक अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर
- नेपालमा खोप लगाइएमध्ये जम्मा नौ सय ११ जनालाई मात्र सामान्य असर
- एनआरएनए जापान- तोचिगी तदर्थ समिति गठन
- अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन, झापामा मुटु प्रत्यारोपणको तयारी
- संवैधानिक नैतिकता देखाएर निकास दिन बारको आग्रह
- दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर खोप लगाइने
- दमौली कारागारमा कैदीबन्दीबीच झडप- पाँचजना घाइते
- झापामा विकासको लहर- दमक जोडिने चार पुलको एकसाथ उद्घाटन
- हजारौं शब्दले नबोल्ने कुरा बोल्छ एउटै कार्टुनले
- अदालतको अवहेलना गरेको छैन : अध्यक्ष दाहाल
- पुनःस्थापित संसदमा ३२ विधेयक प्रक्रियामा
- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तीनजनाविरुद्ध मुद्दा दायर
- कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा
- चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने : प्रधानमन्त्री ओली
- विघटनका पाँच प्रस्ताव, दुई मात्र सदर, दुईपटक अदालतबाट एकपटक सडकबाट पुनःस्थापित
- फाइजर र मोडर्नापछि अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति
- पर्सामा नक्कली किसान बनेर अनुदानको रकम हत्याउने होडबाजी
- जनयुद्धकालमा बेपत्ता पारिएकाहरु अझै फर्कने आशमा छन् आफन्त
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


