तान्जेनियाविरुद्धको खेलमा नेपाल ८ विकेटले विजयी

4 September, 2012 07:27 | खेल | comments | 59850 Views

मलेसियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फोर अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । तान्जेनियाविरुद्धको खेलमा ८ विकेटले नेपाल विजयी भएको हो ।

 

  

टस जितेर  पहिले ब्याटिङ गरेको तान्जानिया ३१ ओभर ४ बलमा ८२ रनमा बनाएको थियो । नेपालले ८३ रनको लक्ष्य १९ ओभर ४ बलमा पुरा गरेर ८ विकेटले तान्जानियालाई जितेको छ । पारश खड्काले २० औं ओभरको चौथो बलमा छक्का प्रहार गरी नेपालको विजय निश्‍चित गराएका हुन् ।

 

दुई विकेट क्षतिमा नेपालले तान्जेनियाले दिएको चुनौति पूरा गरेको हो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक अविजित २८ रन बनाए । सुवाष खकुरेल २० रनमा आउट भए । पारश खड्काले १५ रन बनाए । प्रारम्भिक जोडीका रुपमा आएका अनिल मण्डलले ९ रनको योगदान दिए ।

 

हिजोको खेलमा नेपालले सिंगापुरलाई हराएको थियो । आज नेपाली खेलाडीको उच्च मनोबलका साथ खेलेका थिए ।  आजको खेल पनि जितेका नेपालका लागि छनौटको बाटो सहज भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More