मलेसियामाथि नेपालको सानदार जीत

6 September, 2012 06:59 | खेल | comments | 52950 Views

मलेसियामा जारी आईसीसी डिभिजन- ४ क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा नेपालले मलेसियामाथि १० विकेटको जीत हात पारी अंक तालिकामा शीर्ष स्थानमा कायमै रहेको छ ।

 

  

खेलमा टस जितेर पहिले ब्याटिग गरेको मलेसिया ३१ ओभर १ बलमा ६९ रनमा समेटियो । नेपालका बसन्त रेग्मी र शक्ति गौचनले तीन तीन विकेट लिए । अमृत भट्टराई २ विकेट हात पारे भने संजय रेग्मी र विनोद दासको नाममा एक एक विकेट रह्यो ।

 

शक्तिले आफ्नो १० ओभरमा ८ मेडन गर्दै मात्र २ रन दिए र ३ विकेट हात पारे । उनले प्रतियोगिताका तीन खेलमा ५ विकेट लिएका छन् ।

 

मलेसियाले दिएको ७० रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा पूरा गर्यो । यसले नेपालको रनरेटमा पनि सुधार भएको छ । नेपालको डिभिजन ३ मा पुग्ने लक्ष्य अब केही सहज बनेको छ । सुवाषले २४ र अर्का प्रारम्भिक ब्याट्सम्यान अनिल मन्डलले ४१ रन बनाए ।

 

खेलको सुरुआतदेखि अन्त्यसम्म नेपालले सबै क्षेत्रमा मलेसियालाई पछार्यो । प्रारम्भिक ब्याट्सम्यान सुवाष खकुरेलले अफ साइडमा चौका प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे ।

 

नेपालले अब शुक्रबार अमेरिकाको सामना गर्ने छ । नेपाल ६ टिम सहभागी प्रतियोगिताको समूह तालिकाको शीर्ष स्थानमा छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More