एक महिनामा दुई नेपाली क्रिकेटरको विश्व किर्तिमान
विश्व क्रिकेटमा नेपालको स्थान कहाँ होला भन्ने धेरैलाई थाहा छ । एकदवीय र टेष्ट खेल्ने मान्यता पाउन नेपालले अझै धेरै मेहेनत गर्नुपर्छ तापनि भदौ महिनामा नेपालले खेलेको दुई प्रतियोगितामा बलरहरु शक्ति गौतम र राहुल कुमार विश्वकर्मा विश्व कीर्तिमान बनाउन सफल भएका छन् ।

डेढ दशकको विश्व क्रिकेट यात्रामा नेपालले थुप्रै उपाधि जितेको छ भने विश्व कीर्तिमान पनि बनाएको छ । विश्व कीर्तिमान बनाउन सफल हुने क्रममा आज सम्पन्न आईसीसी डिभिजन ४ क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेटर शक्ति गौचनले एक दिवसीय क्रिकेटको बलिङमा नयाँ विश्व कीर्तिमान बनाउन सफल भएका छन् ।
मलेसियाविरुद्धको खेलमा शक्तिले विश्व कीर्तिमान कायम गरेका हुन् । शक्तिले वेष्ट इकोनोमी रन रेटमा वेष्ट इण्डिजका फिल सिमोनको २० वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । शक्तिले १० ओभरमा ८ मेडन राख्दै २ रन दिएर ३ विकेट लिएका छन् । शक्तिको इकोनोमी रन रेट शुन्य दशमलव २० छ ।
यसअघि फिल सिमोनले सन् १९९२ डिसेम्बरमा पाकिस्तानविरुद्ध १० ओभरमा ८ मेडन राख्दै ३ रन दिएर ४ विकेट दिएका थिए । उनको वेष्ट इकोनोमी रन रेट शुन्य दशमलव ३० थियो ।
त्यसै गरी नेपाली बलर स्पिन बलर राहुलकुमार विश्वकर्मा आइसिसी यु–१९ विश्वकप प्रतियोगिता–२०१२ मा भारतीय ब्याट्सम्यान वीरेन्द्र सहवागको नाममा रहेको १४ वर्ष पुरानो कीर्तिमान तोड्दै इतिहासकै सबैभन्दा राम्रो इकोनोमिक रनरेटमा बलिङ गर्ने खेलाडी भएका थिए ।
राहुलले सो कीर्तिमा हालै अष्ट्रेलियामा सम्पन्न आइसीसी अण्डर १९ विश्वकप क्रिकेट अन्तर्गत तेह्रौँ स्थानका लागि भएको खेलमा पपुआ न्युगिनीविरुद्ध ६.२ ओभर बलिङ गर्दै केवल तीन रन खर्चिएर ६ विकेट लिएका थिए । यसका साथै उनी यस प्रतियोगिताको कुनै एक खेलमा सबैभन्दा राम्रो इकोनोमिक रनरेटमा बलिङ गर्ने खेलाडी भएका थिए ।
राहुलले कीर्तिमान तोड्नुअघि भारतका वीरेन्द्र सहवागले यसै प्रतियोगिताको सन् १९९८ को दक्षिण अफ्रिका संस्करणमा आठ ओभर बलिङ गरी पाँच मेडन राखेर चार रन खर्चिंदै तीन विकेट लिएर विश्वकीर्तिमान कायम गरेका थिए ।
स्कटल्यान्डविरुद्ध जोहानेसवर्गमा खेलिएको उक्त खेलमा सहवागले शुन्य दशमलव ५ इकोनोमिक रनरेटमा बलिङ गरेका थिए । कीर्तिमान तोड्ने क्रममा राहुलको इकोनोमिक रनरेट शुन्य दशमलव ४७ थियो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते
- डोटीमा उमेर नपुगेका गर्भवती हुने क्रम बढ्दै
- उद्योगको गुणात्मक अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर
- नेपालमा खोप लगाइएमध्ये जम्मा नौ सय ११ जनालाई मात्र सामान्य असर
- एनआरएनए जापान- तोचिगी तदर्थ समिति गठन
- अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन, झापामा मुटु प्रत्यारोपणको तयारी
- संवैधानिक नैतिकता देखाएर निकास दिन बारको आग्रह
- दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर खोप लगाइने
- दमौली कारागारमा कैदीबन्दीबीच झडप- पाँचजना घाइते
- झापामा विकासको लहर- दमक जोडिने चार पुलको एकसाथ उद्घाटन
- हजारौं शब्दले नबोल्ने कुरा बोल्छ एउटै कार्टुनले
- अदालतको अवहेलना गरेको छैन : अध्यक्ष दाहाल
- पुनःस्थापित संसदमा ३२ विधेयक प्रक्रियामा
- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तीनजनाविरुद्ध मुद्दा दायर
- कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा
- चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने : प्रधानमन्त्री ओली
- विघटनका पाँच प्रस्ताव, दुई मात्र सदर, दुईपटक अदालतबाट एकपटक सडकबाट पुनःस्थापित
- फाइजर र मोडर्नापछि अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति
- पर्सामा नक्कली किसान बनेर अनुदानको रकम हत्याउने होडबाजी
- जनयुद्धकालमा बेपत्ता पारिएकाहरु अझै फर्कने आशमा छन् आफन्त
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


