अमेरिकालाई नेपालको सानदार चुनौति

7 September, 2012 06:32 | खेल | comments | 49500 Views

मलेसियामा जारी आईसीसी डिभिजन ४ विश्वकप छनोट खेलमा आजको खेलमा नेपालले अमेरिकाका सामु विजयका लागि २५९ रनको लक्ष्य दिएको छ ।

 

  

आजको खेलमा पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै नेपालले २५८ रन बनाएको हो । नेपालको इनिङमा सुवास खकुरेलको शानदार शतकको मुख्य योगदान रह्यो । उनी १४२ बलमा १० चौका र दुई छक्का हान्दै ११५ रनमा आउट भए। ज्ञानेन्द्र मल्लले ४६ र पारस खड्काले ४१ रन बनाए।

 

यसअघिका तीन खेल जितेर अङ्क तालिकामा शीर्ष स्थानमा रहेको नेपालले टस जितेको नेपाली टोलीले उच्च मनोबलका साथ खेल्दै स्तरीय प्रदर्शन गरेको छ । आजको खेलमा नेपाल विजयी भए डिभिजन ३ मा बढुवा हुनेछ ।

 

यसैबीच आजको खेलमा ८ विकेटले पराजित भएपछि तान्जानिया रेलिगेसनमा परी डिभिजन ५ मा झरेको छ। तान्जानियालाई पराजित गर्दै सिंगापुर अहिले अङ्क तालिकामा दोस्रो स्थानमा उक्लेको छ । तान्जानिया सबै ४ खेलमा पराजित भएको छ भने सिंगापुर ३ जितका साथ ६ अङ्कसहित +१.२१५ नेट रन रेटका साथ दोस्रो स्थानमा छ।

 

आजको खेलमा अमेरिका विजयी भएमा र अर्को खेलमा डेनमार्क पनि विजयी भएमा नेपाल, सिंगापुर, अमेरिका र डेनमार्क सबैको समान ६ अङ्क हुनेछ । नेपालले डेनमार्कसित अन्तिम खेल आइतबार खेल्न बाँकी छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More