अमेरिकामाथि नेपालको ३२ रनको जीत

आजको विजयले नेपालको डिभिजन ३ मा बढुवाको संघारमै पुगेको छ । आजको खेलमा नेपालले टस जितेर पहिले व्याटिङ गर्दै २५८ रन बनाएको थियो । २५९ रनको विजयी लक्ष्य पछ्याएको अमेरिका ४८ दशमलव २ ओभरमा २ सय २६ रन जोड्दा अल आउट भयो । यसअघि नेपालले सिंगापुर, मलेसिया र तान्जनियालाई पराजित गरेको थियो ।
नेपाललाई लगातार चौथो जित दिलाउने क्रममा बसन्त रेग्मीले ६ विकेट हात पारे । त्यसै गरी शहक्ति गौचम र संजम रेग्मीले दुई दुई विकेट हात पारेका थिए ।
१६ वर्षे नेपाली क्रिकेटको अन्तर्राष्टिय यात्रामा नेपाल आज पहिलोपल्ट डिभिजन ३ पुग्न सक्ने अवसरको नजिक पुगेको छ । यो जितले नेपालको सन् २०१५ मा हुने विश्व कप क्रिकेटको ढोकाको नजिक पुग्न अब एक विजय आवश्यक छ ।
प्रतियोगिताको एक मात्र अपराजित टिम नेपालको ४ खेलबाट ८ अंक छ भने समान खेलबाट ६ अंक जोडेको सिंगापुर दोस्रो स्थानमा छ । सिंगापुरसंग समान अंक जोडे पनि रन रेटका आधारमा पछिपरेको डेनमार्क तेस्रो स्थानमा छ भने ४ अंकका साथ अमेरिका चौथो स्थानमा छ ।
नेपालले अब डेनमार्कसंग खेल्नेछ भने अर्को खेलमा सिंगापुर र अमेरिका भिड्ने छन् । डेनमार्कलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्नेछ भने डिभिजन थ्रीका लागि छानिने छ । तर, नेपाल डेनमार्कसंग पराजित हुने र सिंगापुरले अमेरिकालाई पराजित गरे डिभिजन थ्रीमा उक्लन नेपाल रन रेटमा भर पार्नुपर्ने हुन्छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते
- डोटीमा उमेर नपुगेका गर्भवती हुने क्रम बढ्दै
- उद्योगको गुणात्मक अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर
- नेपालमा खोप लगाइएमध्ये जम्मा नौ सय ११ जनालाई मात्र सामान्य असर
- एनआरएनए जापान- तोचिगी तदर्थ समिति गठन
- अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन, झापामा मुटु प्रत्यारोपणको तयारी
- संवैधानिक नैतिकता देखाएर निकास दिन बारको आग्रह
- दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर खोप लगाइने
- दमौली कारागारमा कैदीबन्दीबीच झडप- पाँचजना घाइते
- झापामा विकासको लहर- दमक जोडिने चार पुलको एकसाथ उद्घाटन
- हजारौं शब्दले नबोल्ने कुरा बोल्छ एउटै कार्टुनले
- अदालतको अवहेलना गरेको छैन : अध्यक्ष दाहाल
- पुनःस्थापित संसदमा ३२ विधेयक प्रक्रियामा
- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तीनजनाविरुद्ध मुद्दा दायर
- कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा
- चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने : प्रधानमन्त्री ओली
- विघटनका पाँच प्रस्ताव, दुई मात्र सदर, दुईपटक अदालतबाट एकपटक सडकबाट पुनःस्थापित
- फाइजर र मोडर्नापछि अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति
- पर्सामा नक्कली किसान बनेर अनुदानको रकम हत्याउने होडबाजी
- जनयुद्धकालमा बेपत्ता पारिएकाहरु अझै फर्कने आशमा छन् आफन्त
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


