दोस्रो साफ महिला फुटबलमा नेपालको सानदार सुरुवात

8 September, 2012 06:01 | खेल | comments | 52800 Views

 

श्रीलंकामा हिजोदेखि सुरु भएको दोस्रो वुमेन्स साफ च्याम्पियनसिपको पहिलो खेलमा आज नेपालले पाकिस्तानलाई ८-० गोलले पराजित गरी सानदार विजयी सुरुवात गरेकोछ ।

  

 

 

सीआर एन्ड एफसी मैदानमा सम्पन्न खेलमा नेपाली कप्तान जमुना गुरुङ एक्लैले चार गोल गरिन् । उनले ३७ औं मिनेटमै ह्याट्रिक पूरा गरेकी थिइन् ।

 

दोस्रो साफमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् । उनले नेपालको लागि हालसम्म २१ गोल गरिसकेकि छन् । यो गोल संख्या नेपाली फुटबलरले गरेको हालसम्मकै सर्बाधिक हो ।

 

अर्का स्ट्राइकर अनु लामाले दुई गोल गरेकी छिन् । अर्को गोल मिडफिल्डर सजना राना मगर र दीपा अधिकारीको नाममा रह्यो । पहिलो हाफमा पाकिस्तान निरीह देखिएको थियो ।

 

नेपाली महिला फुटबल खेलाडीले भारी अन्तरको विजयनिकाले पनि खेल आकर्षक नरहेको प्रतिक्रिया आएको छ । अग्रपंक्तिमा नेपालले राम्रो खेल प्रदर्शन गरे पनि रक्षपंक्ति खासै चुस्त नदेखिएको भए पनि  पाकिस्तानले दुईपल्ट मात्र पोष्ट आक्रमण गरेको थियो ।

 

नेपालले पाकिस्तानमाथि यसअघिको प्रतियोगितामा पनि त्यस्तै नतिजा निकालेको थियो । सन् २०१० को फेब्रुअरीमा ढाकामा भएको ११ औं दक्षिण एसियाली खेलकुदमा नेपालले पाकिस्तानलाई ७–० ले हराएको थियो । कक्स बजारमा डिसेम्बरमा भएको पहिलो साफ वुमेन्स च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध नेपालले १२–० को जित रचेको थियो ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More