डेनमार्कलाई २४१ रनको लक्ष्य

9 September, 2012 06:05 | खेल | comments | 54450 Views

मलेसियामा जारी आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ४ अन्तर्गतको लिग चरणको अन्तिम खेलमा नेपालले डेनमार्कलाई विजयका लागि २४१ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४० रन बनाएको हो।  

 

  

आजको खेलमा नेपाली खेलाडी अनिल मण्डलले शतक प्रहार गरेका छन् । अनिल मन्डल १ सय १३ रनको सानदार पारी खेलेर नेपाललाई सम्मानजनक स्कोरमा पुर्याएका हुन् । प्रतियोगितामा नेपाली खेलाडीको यो दोस्रो शतक हो ।

 

आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनको पहिलो शतक बनाउने क्रममा अनिलले  १ सय ३४ बलको सामना गर्दै ८ चौका र ४ छक्का प्रहार गरेका थिए । शुक्रबार भएको खेलमा सुभाष खकुरेलले अमेरिकाबिरुद्ध शतक प्रहार गरेका थिए ।

 

त्यसै गरी नेपालका लागि शरद भेषवाकरले २७, ज्ञानेन्द्र मल्लले २६, वसन्त रेग्मीले २१ रनको योगदान दिए। त्यस्तै विनोद दाशले १५, प्रदीप ऐरीले ११ रन जोडे।

 

दुवै टिमका लागि यो लिग चरणको अन्तिम खेलमा खेल्ने तयारीमा छन् । नेपाल डेनमार्कसंगको यो खेलसंगै औपचारिक रुपमा डिभिजन ३ मा पहिलो पल्ट उक्लने छ । नेपाललाई डिभिजन ३ मा पुग्नका लागि आजको खेलमा जस्तो नतिजा आए पनि फरक पर्ने छैन ।

 

खेलको सुरुवातमै नेपालले पहिलो झड्का खाएको थियो । अमेरिकाबिरुद्ध शतक बनाउने सुभाष खकुरेल शुन्य रनमै आउट भएका छन् । उनी इनिगको दोस्रो बलमा बोल्ड भएका हुन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More