नेपाली क्रिकेटको अभूतपूर्व सफलता

10 September, 2012 00:25 | खेल | comments | 56400 Views

दुई दशक लामो अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले हिजो डेनमार्कलाई पराजित गर्दै अभूतपूर्व सफलता हात पारेको छ । डेनमार्कलाई आइतबार २५ रनले हराएपछि आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ४ को पाँचै खेलमा विजयी नेपाललाई वल्र्डकपको बाटो खुलेको छ ।

 

  

नेपाली क्रिकेट टिमले आइतबार पाएको सफलता ऐतिहासिक र सर्वाधिक ठूलो हो । नेपालसंगै डिभिजन ४ को फाइनलमा पुगेको अमेरिका पनि डिभिजन ३ का लागि छनोट भएको छ ।

 

डिभिजन ३ मा बढुवापछि सन् २०१५ मा न्युजिल्यान्ड र अस्ट्रेलियामा हुने वान डे क्रिकेटको वल्र्डकप खेल्न नेपालले अब दुई चरण पार गर्नुपर्ने छ । आफूसँगै उक्लेको अमेरिका र पहिले नै कायम रहेका पपुवा न्युगिनी, हङकङ, ओमान र इटालीसँग २०१३ को अप्रिलमा बर्मुडामा हुने डिभिजन(३ प्रतियोगितामा नेपाल भिड्ने छ । नेपालले ती प्रतिद्वन्द्वी टिमविरुद्ध राम्रो गर्न सक्ने अपेक्षा राखिएको छ ।

 

डिभिजन ३ को फाइनलमा पुग्ने दुई टिमले सन् २०१४ मा वल्र्डकप क्वालिफायरमा सहभागी हुन पाउने छन् । त्यसको पनि माथिल्लो दुईमा स्थान बनाउन सके नेपालले वल्र्डकप खेल्न पाउने छ ।

 

नेपालले आइतबार अनिल मण्डलको सानदार शतकमा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ४ को लिग चरणको अन्तिम खेलमा डेनमार्कलाई डक वर्थ लेविस प्रणाली अनुसार २५ रनले हराएको हो ।

 

सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसोसिएट्स सदस्यको रूपमा मान्यता पाएको नेपालले त्यसै वर्ष मलेसियाको क्वालालम्पुरमा एसीसी ट्रफीमा सहभागिता जनायो । त्यो नेपाली क्रिकेट टिमको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । ६ देश सहभागी उक्त प्रतियोगितामा नेपाल चौथो भएको थियो ।

 

त्यसको दुई वर्षपछि नेपालमै एसीसी ट्रफी आयोजना गरिए पनि सफलता भने हात लाग्न सकेन । सन् २००२ र सन् २०१० को एसीसी ट्रफीको उपविजेता बन्नु नेपाली क्रिकेटको एसियाली क्षेत्रको सबैभन्दा ठूलो सफलता हो । नेपालले आईसीसीले आयोजना गरेको प्रतियोगितामा भने दुई वर्षअघि डिभिजन ५ मा पाएको सफलता सबैभन्दा ठूलो मानिन्छ । उक्त प्रतियोगितामा फाइनलमा अमेरिकालाई हराउँदै नेपालले उपाधि हात पार्न सफल भएको हो ।

 

त्यसलगत्तै नेपालले इटालीमा डिभिजन ४ को यात्रा थाले पनि सुखद रहन सकेन । लिग चरणमा तान्जिनियाविरुद्ध खेलमा अनपेक्षित नतिजा निस्केपछि नेपाल तेस्रो स्थानमा रह्यो र डिभिजन(३ मा उक्लन सकेन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More