बेल्जियममा पासाको तेश्रो अधिवेसन संपन्न

25 September, 2012 06:08 | प्रबास | comments | 37500 Views

बेल्जियम,नेवारी समुदायको कला संस्कृति,भाषा, भेष तथा सभ्यतालाई जिवन्त राख्ने उद्धेश्यले बेल्जियमा स्थापना भएको नेवारी संगठन पासा पुच बेल्जियमको तेश्रो अधिवेसन २३ सेप्टेम्बर २०१२ का दिन बेल्जियमको एन्र्टवपेन शहरमा संपन्न भएको छ । अधिवेसनबाट निर्विरोध रुपमा चिज कुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । अधिवेसनले उपाध्यक्षहरु योगेन्द्र श्रेष्ठ, रोसन जोशी भिम, महासचिव चिनिया लाल दुवाल र सचिवमा मुना ताम्राकार निर्विरोध निर्वाचित भएका छन् । अधिवेसनले समितिलाई अन्य सदस्हरु समेत थप गर्ने प्राधिकार प्रदान गरेको बताइएको छ ।

 

  

नव निर्वाचित अध्यक्ष चिज कुमार श्रेष्ठले पासा पुचको संस्थागत विकासका लागि योगदान पुर्याउने सवैलाई धन्यबाद दिदै आगामी दिनमा पासा पुच बेल्जियमलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । मर्दा पर्दा पासा पुच जस अन्तरगत आपतकालिन मानविय सेवाको काम गर्ने, नेवारी कला ,संस्कृति तथा सभ्यता झल्किने नेवारी गुठी घर निर्माण गर्ने योजना महत्वकाँक्षी योजना, बेल्जियमा रहेका नेवारी समुदायको अध्यावधिक तथ्याँक संकलन गर्ने र नेपाली समुदायको हितको लागि बेल्जियममा  रहेका सवै संघसंस्था संग समन्वय गरेर अगाडि जाने मुख्य लक्ष्य रहेको बताए । पासा पुचले गर्दे आएका नियमित कार्यक्रम पनि सुचारु गरिने छ , उनले थपे ।

 

सभापतिको आसनबाट बोल्दै श्रीमती रजनी प्रधानले घरबाट सुरु गरिएको पासा  पुचको संगठन यहाँसम्म आइ पुगेकोमा हर्षले विभोर भएको बताएकी थिइन । संस्थापक अध्यक्ष तथा प्रमुख अतिथी रविन्द्र श्रेष्ठले नेवार र नेवारी सभ्यताका बारेमा आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष तथा विषेश अतिथी जानकी गुरुङ्गले नेपालको जातिय राजनिति प्रभाव प्रवासमा पनि देखिन थालेकोले संगठनहरु यसमा प्रयोग हुनुनहुने  र अत्यन्तै सचेत हुनु पर्ने बताइन । कार्यक्रममा पासापुच बेल्जिमयका सदस्य अनुजा प्रधानलेले स्वागत र तत्कालिन महाचिव योगेन्द्र श्रेष्ठले संचालन गरेको थिए । समितिका संस्थापक अध्यक्ष रविन्द्र प्रधानको अध्यक्षतामा भएको बन्द सत्रले पासा पुच बेल्जियमका तत्कालिन महासचिव योगेन्द्र श्रेष्ठद्धारा प्रस्तुत विगत तिन वर्षको  कार्यप्रगति, कोषाध्यक्ष चिज कुमार श्रेष्ठद्धरा प्रस्तुत गरिएको करिव १४ हजार युरोको आर्थिक प्रतिवेदन अनुमोदन गर्दै आगामी कार्यकालको लागि समिति समेत चयन गरेको हो । कार्यक्रममा, बेल्जियम स्थित विभिन्न नेपाली संघसंस्था तथा उल्लेख्य मात्रमा नेपाली समुदायको उपस्थिती रहेको थियो । अधिवेसन समापन पश्चात, नेवारी खाना तथा नेपालका कन्दरा व्यान्डका चर्चित गायककार विवेक श्रेष्ठ तथा स्थानिय नेपाली कलाकारहरुकले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More