फेसबुक मार्फत अन्तराष्ट्रिय कविता गोष्ठी

25 September, 2012 23:50 | प्रबास | comments | 25200 Views

फेसबुक संजालको ब्यापकतालाई सदुपयोग गर्दै नेपाली भाषा र साहित्यको बिकासमा प्रेरणा जगाउने उद्देश्यले हालै एक ” फेसबुक कविता गोष्ठी” को आयोजना गरिएको छ ।

हालसालै स्थापना गरिएको “सोमनाथ शर्मा मेमोरिअल ट्रस्ट” ले आयोजना गरेको उक्त कविता गोष्ठीमा फेसबुक संजालमा आबद्द देश -विदेशमा रहेका थुप्रै नेपाली कवि -कवयित्रीहरुले भाग लिएका थिए ।गोष्ठीका सहभागीहरु मध्ये श्री लालानाथ घिमिरेको “प्यारो खाँदबारी ” कविताले प्रथम स्थान हासिल गरेको थियो । त्यस्तै श्री सुशील चन्द्र लम्सालको ” मेरा इच्छाहरु र जीवन ” दोस्रो र श्री सुशील घिमिरेको ” मैले पथ्थर पुजा गर्न छोडिदिएँ ” कविताले तेस्रो स्थान पाएको थियो । प्रतियोगिताको मुल्यांकन बरिस्ठ साहित्यकार द्वय श्री गोपीकृष्ण प्रसाईं एबम श्रीमती जयालक्ष्मी राईले गर्नुभएको थियो । प्रथम, दोस्रो र तेस्रो भएका कविताले क्रमश: दश हजार, पाँच हजार र तीन हजार रुपिंयाको पुरस्कार प्राप्त गर्ने भएका छन् ।

  

 

 

नेपाली भाषा, संस्कृति र साहित्यको जगेर्ना र बिकास गरि हाम्रा अमुल्य संस्कृति र परम्परालाई जोगाउन सहयोग गर्ने उद्देश्यले सोमनाथ शर्मा मेमोरिअल ट्रस्टको स्थापना गरिएको हो । संखुवा -सभा खाँदबारीमा अबस्थित हिमालय उच्च माध्यमिक बिध्यालयमा दुईदशक भन्दा बढी नेपाली बिषय अध्यापन गरि उल्लेखनीय योगदान गर्नुभएका स्व. श्री सोमनाथ शर्माको स्मृतिमा यो ट्रस्ट सुरु गरिएको हो । भबिस्यमा स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा विभिन्न रचानामुलक कार्यक्रमहरु गर्दै नेपाली भाषा, संस्कृति र बांग्मयको बिकाशमा सहयोग गर्दैजाने ट्रस्टले लक्ष राखेको छ।

 

 

 

कविता गोष्ठीका मुल्यांकनकर्ता एबम बरिस्ठ समालोचक श्री गोपीकृष्ण प्रसाईंले नेपाली भाषा र संस्कृतिको उठानका लागि स्थानीय र राष्ट्रिय क्षेत्रमा मात्र सिमित नरहेर डायस्पोरा क्षेत्रबाट पनि यस्तो सिर्जनशील र हौसलापूर्ण कार्यको शुभारम्भ गरेकोमा ट्रस्टका संयोजक श्री सोहन घिमिरेलाई हार्दिक धन्यवाद दिनुभएकोछ ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More