गैर आवासीय नेपाली संघ स्विट्जर्‍ल्यान्डको पाचौ साधारण सभा सम्पन्न

26 September, 2012 00:35 | प्रबास | comments | 38250 Views

जेनेभा/गैर आवासीय नेपाली संघ स्विट्जर्‍ल्यान्डको  पाचौ साधारण सभा २३ तारिख सेप्टेम्वर आईतवारका दिन स्विट्जर्‍ल्यान्डका लागि नेपाली राजदुत महामहिम शंकर दास बैरागी ज्युको प्रमुख आथित्यमा  स्विट्जर्‍ल्यान्डको जेनेभामा  सम्पन्न भएको छ|

र्धारित समय भन्दा केहि समय ढिला गरि शुरु भएको उक्त कार्यक्रम प्रमुख अथिति  महामहिम बैरागीले दिप प्रज्वलन गरि  उद्घाटन गर्नु भएको थियो | उद्घाटन सगै शुरु भएको पहिलो चरणको औपचारिक  कार्यक्रमको सभापतित्व संघका अध्य्क्ष बिनय श्रेष्ठ  र संचालन संघका महासचिव हिरा  गुरुंगले  गर्नु भएको थियो|

  

 

उक्त अवसरमा प्रमुख अथिति महामहिम शंकर दास बैरागी ,विशिष्ठ अथिति एंवम गैर आवासीय नेपाली संघ युरोप संयोजक कुमार पन्त , विशेष अथिति एवंम गैर  आवासीय नेपाली संघ बेल्जियमका आईसीसी अर्जुन कुमार  श्रेष्ठ र अथिति एवंम  गैर आवासीय नेपाली संघ स्विट्जर्‍ल्यान्डका आईसीसी प्रितम गुरुङलाई मंचमा आसन ग्रहण  गराईएको थियो |उपस्थित सबैलाई संघकी सदस्य गौरी गुभाजुले  स्वागत गर्नु भएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ फ्रान्सका  आईसीसी सदस्य एवंम पुर्व अध्यक्ष  अशोक न्यौपानेको असामायिक निधनको दुख ब्यक्त गर्दै उहाको आत्माको चिरशान्तिका लागि १ मिनेट  मौन धारण   गरिएको थियो| कार्यक्रममा उद्घाटन एवंम शुभकामना मन्तब्य दिदै प्रमुख अथिति महामहिम शंकर दास बैरागीले गैर आवासीय नेपालीको माग लाई  नेपाल सरकारले गम्भीरता पुर्वक लिदै क्रमबद्ध पुरा गर्दै गएको बताउनु भयो|

 

 

 

उहाले आफ्नो मन्तब्य कै क्रममा  गैरआवासीय नेपालीले आफ्नो श्रोत साधन र ज्ञानलाई सदुपयोग गर्दै नेपाल र नेपालीका लागि धेरै कुरा गर्न सकिने संभावना रहेको बताउनु हुदै येही सोचले आगाडी बढ्न गैर आवासीय नेपाली संघलाई  आग्रह गर्दै स्विट्जर्‍ल्यान्डवासी  नेपाली संग मिलेर नेपाल र नेपालीका  लागि गर्न सकिने कुनै पनि कार्य गर्न आफु र नेपाली दुतावास सधै तत्पर र तयार रहेको बताउनु भयो|त्यसै गरि  कार्यक्रमका  विशिष्ठ अथिति एंवम गैर आवासीय नेपाली संघ युरोप संयोजक कुमार पन्तले गैर आवासीय नेपाली संघले नेपाल र नेपालीको विकासका लागि पर्दै  अब  १५ देखि २० बर्षमा नेपालको विकास गर्दै हामी नेपाली कामको खोजिमा विदेशिने होईन कि अरुलाई  कामको खोजीमा नेपाल भित्र्याउने  प्रमुख लक्ष्य रहेको बताउदै त्यसका लागि थुप्रै दिर्घकालिन योजना ल्याएको बताउनु भयो|

 

शुभकामना मन्तब्यकै क्रममा  विशेष अथिति एवंम गैर  आवासीय नेपाली संघ बेल्जियमका आईसीसी अर्जुन कुमार  श्रेष्ठले  स्विट्जर्‍ल्यान्डले छैठौ युरोप बैठक गर्ने अवसर पाउनु भएको छ यसलाई  समग्र गैर आवासीय नेपालीको अभियानको  रुपमा  लिई उदारणीय  बनाउन अनुरोध गर्दै आफ्नो तर्फ बाट सहयोग र साथ् रहने बताउनु भयो| उक्त अवसरमा    अथिति एवंम  गैर आवासीय नेपाली संघ स्विट्जर्‍ल्यान्डका आईसीसी प्रितम गुरुङले गैर आवासीय नेपाली संघ स्विट्जर्‍ल्यान्डका सोच र योजनाका बारेमा चर्चा गर्नु भएको थियो भने संघका अध्यक्ष बिनय श्रेष्ठ आफ्नो कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै नेपाल र नेपालीका लागि केहि बोल्न सकिन्छ ,केहि गर्न सकिन्छ कि भन्ने उदेश्य ले सन् २००८ मार्च/अप्रिल देखि स्विट्जर्‍ल्यान्डमा शुरु भएको गैर आवासीय नेपालीको यो  अभियानमा हामी निरन्तर लागि रहेको बताउदै यस बिचमा संस्थालाई स्थापित गराउदै  नेपाल र नेपालीका लागि  केहि सामाजिक कार्य शुरु गर्न सफल भएको जानकारी दिनुभयो |त्यस लगतै  संघका कोषाध्यक्ष  हिरालाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत  गर्नु भएको थियो|उहाले सन् २०११ डिसेम्वर सम्मको  आयव्ययको जानकारी दिदै संस्था २०२ स्विस  फ्रान्क घाटामा रहेको बताउनु भयो |त्यस लगतै अध्यक्षको प्रतिवेदन र   संघका कोषध्यक्ष हिरालाल श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्व सम्मत   पारित गरिएको थियो| स्विट्जर्‍ल्यान्डमा बसोवास गर्ने छोरा  बुहारीको निमन्त्रणा आउनु  भएका नेपाल  स्याङ्जा निवासी खगेश्वर भट्टराईको सान्दर्भिक मन्तब्य लगत्तै कार्यक्रमका सभापति बिनय श्रेष्ठले  औपचारिक कार्यक्रमको समापन गर्नु भएको थियो |

 

 

 

सरोज यादवको नेतृत्वमा  तयार पारिएको नेपाली खाना संगै दोस्रो चरणको सांस्कृतिक कार्यक्रम शुरु भएको थियो | स्थानीय कलाकारले  उपस्थित सबैलाई  आफ्नो नृत्य , गित प्रस्तुत गर्दै  भरपुर मनोरन्जन दिदै सबैलाई  आफु संगै नचाउन  सफल हुनु भएको थियो | आफ्नो  प्रतिभा प्रस्तुत गर्नेमा  गौरी गुभाजु , बिन्दु भट्टराई , शर्मिला मगर,डेजी राई र राम कुमार महतो हुनुहुन्थ्यो भने सांस्कृतिक कार्यक्रमको संयोजन संघकी सदस्य गौरी गुभाजुले गर्नु भएको थियो भने  संघकी  सदस्य सिमा गौतमले उक्त कार्यक्रमको संचालन गर्नु भएको थियो|

 

 

 

 

 

 

 

 

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More