भारतीय सेनामा समानताको योजना

26 September, 2012 02:16 | प्रबास | comments | 25950 Views

भारतीय गोर्खा सेनालाई पनि फाइदा


भारतीय सेनाका अवकाश प्राप्तहरुबीच कायम रहेको असमानता काम गर्ने योजना भारत सरकारले ल्याएपछि त्यसको लाभ भारतीय गोर्खा सेनाका अवकाश प्राप्त सदस्यले पनि लिनु भएका छन् ।

  

 

भारतीय सरकारले भारतीय सेनामा समानताको योजना अनुमोदन गरेपछि यस्तो स्थिति बनेको हो । सरकारले ल्याएको यो योजना, समान दर्जा समान निवृत्तिभरण सम्बन्धी पूर्व सैनिकहरूको माग सम्बोधन गर्ने प्रयासमा ल्याएको हो ।

 

समान तह तथा सेवा अवधि भए पनि अलग मितिमा अवकाश पाएका भारतीय सैनिकबीच निवृत्तिभरण अर्थात पेन्स मा समानता छैन ।

 

वार्षिक २,३०० करोड भारतीय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको उक्त योजना लागू भएपछि त्यस्तो असमानता अन्त्य हुनेछ । उदाहरणका लागि भारतीय सेनाको मेजर जनरल पदमा काम गरिरहेका व्यक्तिले अहिले अवकाश पाए ५० हजार भारतीय रुपैयाँ मासिक निवृत्तिभरण बुझ्छन् भने २००६ अघिका लागि भने त्यो रकम ३८ हजार छ । सोही पदमा १९७० मा अवकाश पाउनेहरुले केवल ८ हजारमात्रै मासिक निवृत्तिभरण बुझ्ने गरेको भारतीय दैनिक मेल टुडेले उल्लेख गरेको छ ।

 

पूर्व सैनिकका सन्तान मानसिक तथा शारीरिक रूपमा अशक्त भए, उनीहरूलाई समेत जीवनभर निवृत्तिभरणको सुविधा दिने व्यवस्था आफ्नो नयाँ योजनामा भारत सरकारले ल्याएको छ । जसअनुसार पूर्व सैनिकको निधनपछि उनका अशक्त सन्तानले जीवनभर निवृत्ति भरणको सुविधा पाउनेछन् ।

 

भारतीय विदेश मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार भारतीय सेनाबाट अवकाश पाएका करिब १ लाख २३ हजारभन्दा बढी नेपालमा बसिरहेका छन् । तीबाहेक सेवाबाट अवकाश पाएपछि भारतका विभिन्न भागमा बस्ने नेपाली पनि हजारौंको संख्यामा छन् ।

 

२०१०, ११ को तथ्यांक मात्रै हेर्ने हो भने पनि, नेपालमा बसिरहेका पूर्व भारतीय सैनिकलाई निवृत्तिभरण स्वरुप करिब ११,०० करोड भारु जाने गरेको छ ।

 

यसैबीच सरकारको पछिल्लो निर्णयप्रछि पूर्वभारतीय सैनिकहरुले खुसी व्यक्त गरेका छन् । देहरादुन बस्ने पूर्व ब्रिगेडियर एनबीएस विष्ट आफूहरु एकदमै खुसी भएको बताउनुभएको छ र उहाँका अनुसार लामो समयदेखिको माग करिब पूरा भएको छ ।

 

भारतीय गोर्खा सैनिकका अर्का अवकाश प्राप्त ब्रिगेडियर पीएस गुरुङले पछिल्लो सरकारी निर्णयले तल्लो दर्जाका पूर्व सैनिकहरूलाई बढी फाइदा हुने उल्लेख गर्नुहुन्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More