मलेसियामा नेपालीलाई मृत्युदण्डको फैसला

26 September, 2012 14:28 | प्रबास | comments | 28800 Views

रामचन्द्र गिरी—मलेसिया , आश्विन ९ – लागूऔषध कारोबारसम्बन्धी अभियोगमा मलेसिया को अदालतमा ९ वर्षदेखि मुद्दा लडिरहेका नेपाली हरिबहादुर घलेलाई यहाँको सर्वोच्चअदालतले मृत्युदण्डको सजाय दिने अन्तिम फैसला सुनाएको छ ।

मंगलबार बिहान नौ बजे यहाँको सर्वोच्च अदालत (फेडेरल कोर्ट) ले यसअघि उच्चअदालतले गरेको फैसलालाई सदर गर्दै उक्त फैसला सुनाएको हो । यस फैसलासँगै घलेलाई जोगाउन कानुनी बाटो समाप्त भएको छ ।

  

 

यसअघि उच्चअदालत (तल्लो अदालत) मा दिइएको आफूमाथि दिइएको सजाय उपर उनले पुनरावेदन गरेका थिए । तर पुनरावेदनबाट असफल भएपछि हरि जीवन रक्षाका लागि पुनः सर्वोच्च अदालत पुगेका थिए ।हरिमाथि भएको फैसलाले आफू दुःखि भएको यहाँस्थित कार्यबाहक राजदुत लेखनाथ भट्टराईले बताए । उनले अन्तिम प्रयास स्वरुप अझै यहाँका राजा कहाँ ‘क्षमादान’ का लागि बिन्तपत्र चढाउने प्रक्रियामात्र बाँकि रहेकाले त्यसको तयारी गरिने बताए । “अब अदालती प्रक्रिया सकिएको छ । हामी दुःखी छौं । अब उनलाई जोगाउन यहाँका राजाकहाँ क्षमादानका लागि प्रक्रिया अघि बढाउँछौं ।” उनले थपे “सरकार स्तरबाटै पहल गरेपछि उनी जोगिने आशा र विश्वास छ ।”

 

वर्सुचेत गाविस-१, नुवाकोटका घले गत सन् २००३ मे ३० मा ८ सय ७५ ग्रामलागुपदार्थ (हिरोइन) सहित क्वालालम्पुरस्थित द फेडेरल होटलबाट पक्राउ परेका थिए । मलेसिया ली अदालतबाट मृत्युदण्डको सजाय पाउने हरि दोस्रो नेपाली हुन् । उनीसँगै अर्का नेपाली नुवाकोटकै साजन गुरुङ पनि पक्राउ परेका थिए । तर मुद्दा चल्दै जाँदा मृगौलासम्बन्धी रोगले थलिएपछि उपचारकै क्रममा गत २०१० जनवरी १० मा साजनको मृत्यु भयो ।

 

 

कान्तिपुरबाट

 

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More