भुकम्प इन्जिनियरिङ् बिश्व सम्मेलनमा नेपालबाट १५ जनाको सहभागिता

27 September, 2012 09:15 | प्रबास | comments | 61350 Views

 

भीम के सी कमल–लिस्बन, २६ सेप्टेम्बर—-बिश्व भुकम्प इन्जिनियरिङ् संगठन (IAEE) को आयोजना र पोर्चुगल भुकम्प इन्जिनियरिङ् समाजको संयोजनमा पोर्चुगलको राजधानि लिस्बनमा यहि सेप्टेम्बर २४ देखि ५ दिने भुकम्प इन्जिनियरिङ् सम्बन्धि १५ औं बिश्व सम्मेलन प्रारम्भ भएको छ।

  

 

भुकम्प सम्बन्धि अनुसन्धाता, इन्जिनियर, प्राबिधिक, बिशेषज्ञ तथा सरोकारवालाहरुको बृहत् भेला गराइ अनुभबको आदान प्रदान गराउन्, भुकम्प सम्बन्धि नयाँ अनुसन्धानका नतिजाहरु प्रस्तुत गर्न तथा भुकम्पीय क्षति न्युनीकरण र समस्या समाधानका बिषयहरुमा गहन छलफल गर्न प्रत्येक ४ बर्षमा IAEE ले आयोजना गर्ने यो सम्मेलनको यस पटक सन् १७५५ मा आफैंले महाभुकम्पको बिनासकारी त्रासदि भोगेको पोर्चुगलले पहिलो पटक आतिथ्यता गरेको हो। सन् १९५६ मा अमेरिकाको क्यालिफोर्नियामा आयोजना भएको पहिलो सम्मेलन पश्चात बिभिन्न देशहरुमा हुदै यस अघि सन् २००८ मा चिनमा १४ औं बिश्व सम्मेलन सम्पन्न भएको थियो।

 

२४ सेप्टेम्बरका दिन लिस्बन कँग्रेस सेन्टर, बेलेममा बिश्व भरबाट आएका करिब ३००० सहभागिहरुको उपस्थितिमा भएको बिश्व सम्मेलको उदघाटन समारोहमा IAEE का अध्यक्ष टर्किस प्राध्यापक पोलट गुल्कान, सम्मेलन आयोजक समितिका स्थानिय संयोजक पोर्चुगल भुकम्प इन्जिनियरिङ् समाजका अध्यक्ष प्रो. कार्लोस ओलिभेरा, लिस्बन महानगरपालिकाका निर्देशक म्यानुएल ब्रीटो तथा प्रधानमन्त्री कार्यालयका सह-सचिब कार्लोस मोइदासले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए।

 

उक्त सम्मेलनमा नेपालको तर्फबाट भुकम्पको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था तथा दातृ निकायका प्रतिनिधिहरु ११ जना र शिक्षा बिभागका निर्देशक कमल प्रसाद पोखरेलको नेतृत्वमा बिध्यालय निर्माणमा काम गर्ने बरिष्ठ इन्जिनियरहरु सहित ४ जनाको सरकारी प्रतिनिधिमण्डल गरि जम्मा १५ जनाको सहभागिता रहेको छ। कार्यक्रमका नियमित सत्रहरुको अतिरिक्त सहभागिहरुलाई बिभिन्न म्युजियमहरु, सन् १७५५ को महाभुकम्पका संरक्षित अबशेषहरु, लिस्बन र सिन्त्रा क्षेत्रका पुरातात्विक महत्वका स्थानहरुको भ्रमण गराउनुका अतिरिक्त बिस्वसम्पदाको रुपमा रहेको पोर्चुगलको परम्परागत संगित ‘फादो’को समेत अवलोकन गराउने कार्यक्रम रहेको जानकारी कार्यक्रमको स्थानिय संयोजक निकायबाट प्राप्त भएको छ।

 

भुकम्पीय दृष्टीले उच्च खतरायुक्त हिमालयन माउन्टेन बेल्टमा पर्ने नेपालले समेत पटकपटक भुकम्पको बिनाशलिला भोग्दै आएको छ। राष्ट्रीय भुकम्प-मापन केन्द्रको तथ्यांक अनुसार सन् २०१२ मा मात्र ४ देखि ५.६ रेक्टर स्केलसम्मका ३२ वटा भुकम्पीय धक्काको महशुस गरेको नेपालको राजधानि काठमाण्डौं सहर भुकम्पको उच्च खतरामा रहेको छ। एक अनुमान अनुसार ७ रेक्टर स्केलको भुकम्प जाने हो भने काठमाण्डौंमा २ लाख मानिसको मृत्यु हुने, १५ लाख मानिस घरबार बिहिन हुने र ६० प्रतिशत घरहरु पुर्ण रुपमा नष्ट हुने छन्।

 

यस सन्दर्भमा यो सम्मेलनमा भएको सरकारी र गैर सरकारी क्षेत्रको यत्रो ठुलो सहभागिता अनुत्पादक बिदेश भ्रमणमा मात्र सिमित रहने हो वा नेपालको भुकम्प ब्यबस्थापनको प्रभावकारीतामा सकारात्मक प्रभाब पार्न सफल हुने हो त्यो भने हेर्न बाकि नै रहेको छ।

 

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More