पत्रकार महासंघ यूएई शाखाको महाधिवेशन शुक्रबार हुँदै

28 September, 2012 05:53 | प्रबास | comments | 30450 Views

उमाकान्त पाण्डे गाउंले, दुबइ – पत्रकार महासंघ यूएई शाखाको महाधिवेशन आज शुक्रबार हुँदै छ । सँयुक्त अरब एमिरेट्स यूएईको दुबइमा हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी सचिव अर्जुन दाहालले दिएका छन । महाधिवेशनलाई दुई चरणमा सम्पन्न गरिने छ । बन्द सत्र तथा खुला अन्तर्कृयात्मक कार्यक्रम गरी दुई चरणमा हुने छ । “प्रवासीको आवाज” लाई अक्सरी नेपाल तथा सरोकार वाला निकाय सम्म पुराउने भन्ने बिषयमा अन्तर्कृया हुने छ ।

अपराहन्न १ बजे सम्म बन्द सत्र र पछी यहाँ रहेका सामाजिक संघसस्थासँग अन्तर्कृया गर्ने योजना रहेको बुझिएको छ । सके सम्म नयाँ कार्यसमिती निर्विरोध बनाउने र सहमती हुन नसके बिधान बमोजिम प्रजातान्त्रिक पद्ती मार्फत बिबाद टुग्याउने स्रोतको दावी छ ।

  

 

महाधिवेशनको बन्द सत्र बरदुबईमा रहेको एभरेस्ट होटलको सभाहलमा हुने छ भने अन्तरकृया सिन्ध पन्जाब रेस्टुरेन्टमा दिउस २ बजे पछी हुने जानकारी अर्घाखाँची डट्कम् लाई प्राप्त भएको छ । महाधिवेशनका लागि केन्द्रिय प्रतिनिधिको रुपमा केन्द्रिय महासचिव ओम शर्मा आउने भनिएको भए पनि अन्तिम स्थिती सम्म उनको भिसा प्रकृया  टुग्गोमा नपुगेकोले केन्द्रिय कार्यालय काठमाण्डौ सगको समन्ययबमा समस्या समाधान गर्ने पहल भईसकेको जानकारी डट्कम् लाई प्राप्त भएको छ ।

 

महासंघ यूएई शाखाको वर्तमान कमिटी विवादका बिच महाधिवेशनको सघारंमा पुगेको छ । आउदो नयाँ कमिटीले पुराना अधुरा र नयाँ कार्यको थालनी गर्नु पर्ने चुनौती देखिएको छ । आन्तरिक रुपमा उम्मेदवारीको तयारी देखिए पनि अहिले सम्म सार्वजनिक भने गरिएको छैन ।

 

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More