जर्मनीको म्युनिख शहरमा धुमधामसँग तीज मनाइयो

29 September, 2012 10:01 | प्रबास | comments | 73350 Views

महिलाहरुको महान चाड तीज सकिदै गर्दा स्वदेशमा मात्र नभई विदेशमा पनि नेपाली महिलाहरु रातो साडी, छड्के तिलहरी अनी धपक्क गर गहनाले सजिँदै तीजको रमाईलो गरिरहेका छन् ।

तीज सकिएको एक हप्ता झन्डै पुरा भए पनि जर्मनीको अति सुन्दर शहर म्युनिख  स्थित नेपालीहरुको साझा संस्था हिमालयन परिवार e.V. म्युनिख्,जर्मनीको आयोजनामा मुल्टिकल्चर सेन्टरको बिशाल हलभित्र गत २२ सेप्टेम्बर शनिबारका दिन नेपालकै झल्को मेटीने गरी बिदेशी भुमिमा नेपाली संस्कृतिको घना ब्रिस्टी गर्दै बृहत तीज सांस्कृतिक कार्यक्रम सम्पन्न गरेकोछ ।

  

 

 

अधिकांस दर्शकहरु नेपाली पहिरनमा सजिएका मात्र नभएर स्थानिय कलाकार पनि रातोसाडी,छड्के तिलहरी लगाएका थिए। रिता र हिराको तीजको नृत्यबाट सुरुभएको पहिलो चरणको कार्यक्रममा जब निकिता र नितिशाले गुन्यु चोली लगाएर स्टेजमा”मै राम्री भएछु” भन्दै नृत्य गर्दै थिए,तब  दर्शकहरु एका एक जुरुक्क उठे, वाहा वाहा, सिठ्ठी र ताली परररर आएको सकिन नपाउदै स्थानीय विद्यार्थीकलाकारहरु रमेश र निशाको “सिम्पल-सिम्पल कान्छीको”चर्चित आधुनिक न्रित्यले युवा लगाएत सबैलाई जुरुक्-जुरुक उचालेको थियो। मन्जुले”चनेके खेतमे”गरेको न्रित्यलाई वान्समोर भन्नेहरुको कमी नभएको कहाँ हो र ?समयको अभावले थुप्रै कलाकारले कार्यक्रममा आफ्नो प्रतिभा देखाउन नपाएकाहरुलाई आउदो दशै कार्यक्रमा २६ अक्टुबरमा सहभागि गराउने बाचा गरेर बल्ल बल्ल मनाएकाछौ भन्दै थिए आयोजकहरु। त्यसै गरी साना-साना बालबालिकहरुलाई नेपाली भेष-भुषाले सजाएर स्टेजमा”हाम्रो भाषा हाम्रो भेष”बोलको बालगितमा उतारेको द्रिस्यले आफ्नो संस्कृतिप्रती देखाएको मोह र सम्मानलाई सबैले अनुसरण गर्नुपर्ने देखिथ्यो ।

 

 

कार्यक्रमको अन्तिमा चरणमा आमन्त्रित नेपाली लोकदोहोरीका चर्चित गाएक राजु परिवार,आधुनिक गाएक तथा नायक यस कुमार र गायिका पबिता परिवारले दिएका एका-एक प्रस्तुतिले रात बिएको थाहै नभएको मात्र नभएर कलाकारहरुबाट हुनु पर्ने प्रस्तुती अझै पनि कमी भएको गुनासो समेत् दर्शकहरुले गरेका थिए। रातो साडी,छड्के तिलहरीमा सजिएकी कार्यक्रम सन्चालिका उमा गुरुङ र  नेपाली पहिरन दौरा,सुरुवाल,ढाका टोपी र कोटले रिमिक्कै भएका कार्यक्रम संचालक तेजमान मगर, यि युगल जोडीको कार्यक्रम संचालनले झनै रौनक र सांस्कृतिकमय बनाएको थियो ।कलाकारहरुले गाएका लोक गीत र आधुनिक गीतहरुमा नृत्य गर्दा गर्दै रातको २ बजी सकेको हुनाले समयभावले गर्दा स्टेज खाली गर्नु परेको कारण होला,रहर पुर्याउन हल बाहिर बस्दै हुलका हुल आ-आफ्ना गीतार बजाएर गाउदै गरेका दृश्य देखिथ्यो ।

 

 

 

नेपाली चेलीहरुको महान चाड सफल बनाउन तथा यस् नेपाली मौलिक पर्बमा देखिएको बिभिन्न जातजातिको प्रस्तुती तथा सहभागिता अनि नेपालका रमणिय तस्बिर सहितका ब्यानर र बेउली झै सिगारिएको हल आँफैमा सांस्क्रितिकमय भएको थियो । देश देखि बिदेश सम्म आफ्नो स्वार्थको लागि आपसमा नेपाली जाती बीच भाजो हालेर चलाएको जातिएताको खेललाई चुनौती दिदै सहभागि हुनुभएका अपार सहभागि सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनिहरुलाई एक बिग्याप्ती मार्फत हार्दिक धन्यवाद दिएकाछन संस्थाका अध्यक्ष हरि न्यौपानेले, उनी भन्दै थिए “अब आउने दशै,ल्होसार र नयाँ बर्षमा पनि यस्तै सहभागिताको अपेक्षा गरेकाछौ,संस्कृतिको सम्मान गरेर मात्र भाबी पुषताबाट हामीले मातृभूमीप्रतिको अनुराग र हामी नेपालीहरुको परिचय बिदेशमा राख्न सफल हुनेछौ “

 

 

 

बिभिन्न संघ संस्थाका प्रतिनिधिलाई आसनग्रहण गराएर सुरु गरिएको कार्यक्रममा,अथिति सबैलाई संस्थाको तर्फबाट स्वागत शारदाले गरेकी थिइन  भने संचालक द्वयले कार्यक्रममा सुहाउदो दोहोरी गीतका भाखा ,जोक, मुक्तक तथा ठठ्ठौलीले दर्शकहरुले छुट्टै मनोरञ्जन लिएका थिए । कार्यक्रमको अन्त्यमा कलाकारहरु तथा कार्यक्रमलाई सहयोग गर्ने व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More