तलव नपाएका ५० जना दुतावासमा

29 September, 2012 21:04 | प्रबास | comments | 34050 Views

 

प्रेम लामा/दोहा– कतारस्थित एक स्थानीय कम्पनीले विगत तीन महिनादेखि तलब नदिएपछि ५० जना नेपाली कामदारहरु गत आइतवार नेपाली दुतावासको सहयोग माग्न आएका छन् ।पिडीतहरूमा सर्लाही, नवलपरासी, धनुषा, स्याङ्गजा, कैलाली, धनकुटा, गुल्मी, बारा, संखुवासभा, पाचथर, अर्घाखाची, दैलेख, कास्की, ओखलढुंगा, रामेछाप, महोत्तरी, दाङ, गोरखा र तनहुा जिल्लाका यूवाहरू छन् ।

  

उनीहरु इलेक्ट्रिसियन, प्लम्बर, कार्पेन्टर र लेवर कामका लागि नेपालस्थित विभिन्न म्यानपावर एजेन्सीबाट कतार आएका हुन् । म्यानपावरले करार सम्झौतामा आधारभुत तलव ८ सय कतारी रियाल र २ सय खानाको भनेर पठाएपनि यहाा आएपछि ६ सय कतारी रियाल तलब र २ सय खानाको लागि दिइएको र त्यो पनि केहि महिनादेखि रोक्का रहेको पिडीतहरुले बताए । ‘तीन महिनादेखि तलब पाएको छैन के खाने ?’ नियोगबाट लेवरकोर्ट जान सल्लाह दिइएको पनि पिडीतहरुले जानकारी दिएका छन् । नेपालका म्यानपावरहरु एन. वि. म्यानपावर कम्पनी, स्विफ्ट लिंक, इगल ओभरसिज, फोरस्टार, सिद्धिदाता, बुम कन्सल्टेन्सी र जुम ओभरसिजबाट कतार आएको पिडीतहरुले जानकारी दिएका छन् । सो कम्पनीमा नयाा कामदार आएको ४ महिना भएको छ भने ३२ महिनासम्म काम गरिसकेका पुराना कामदारहरु पनि रहेका छन् ।

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

yatayat

फेसबुक

yatayat

ट्वीटर

सामाजिक सञ्जाल

More