हात हातमै लाईभ टिभी हेर्न “नेट टिभी नेपाल’

23 January, 2016 00:27 | कला/मनोरन्जन , सूचना/प्रविधि | comments | 955950 Views

download-free-apps

नेपाल जापान संवाददाता- म्यागासेसे पुरस्कार बिजेता महाबिर पुनले म्याग्दीको गाउँ-गाउँ इन्टरनेट पुर्याए,जसका कारण उनले ख्याती र चर्चा अन्तराष्ट्रिय स्तरमा कमाए | बिस्तारै गाउँ-गाउँमा उनको कामको सकारात्मक प्रभाब पर्न थालेको छ | राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल घान्द्रुकका स्थानीय कार्यकर्ता चन्द्रमान गुरुङ आधुनिक मोबाइल बोक्छन, त्यहि मोबाइलमा फेसबुक पनि चलाउछन, किनभने गाउँ भरि वाइफाई उपलब्ध छ |

कुरा यत्ति मात्रै हैन भर्खरै नेपालमा लन्च भएको मोबाइलमै टिभी हेर्ने प्रबिधि बिकास भएको थाहा पाए पछी उनि निकै खुसि छन | मोबाइलमा ‘नेट टिभी नेपाल’ डाउनलोड गरि फ्री मै नेपाली तथा बिदेशी टिभी च्यानलहरु हेर्न पाएपछी उनि निकै दंग भएका हुन | राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार हेर्न एउटा एपमा कसरि सम्भब भएको होला, उनि प्रश्न गर्छन | राज्नितिज्ञं भएका कारण पनि छिन-छिनमा अपडेट हुन सहज भएको उनको बुझाइ छ |

  

कम स्पिडको इन्टरनेटमा पनि ‘स्मुथलि’ प्रत्यक्ष टेलिभिजन हेर्न पाउँदा कास्की, लुम्ले टोल्काका शिक्षक नारायण अधिकारी पनि हर्षित छन | ‘एक चिज सेवा अनेक’ मलाई गर्ब लागिरहेछ कि यो नेपालीले नै बनाएका हुन भन्ने थाहा पाउदा | यो प्रबिधि लाइ शिक्षक र बिद्यार्थीमैत्री सामग्रीहरु पनि राखेर बनाउनु पर्ने उनको सुझाब छ |

उसो त केहि महिना अगाडी लन्च भएको सो मोबाइल एप प्रबिधि मैत्री एमाले नेता भनेर चिनिएका रबिन्द्र अधिकारीले पनि प्रयोग गर्दै आएका छन | बिशेष गरि राजधानिमा रहनेहरुले लोड-सेडिंगको मार धेरै खेप्नु परिरहेको छ, तर इन्टरनेट त जसो तसो चलेकै हुन्छ, यसमा नेट टिभी हेर्न सजिलो भएको र निकै उपयोगी लागेको उनको बुझाइ छ |

नेट टिभी धेरै ब्यस्त मानिसहरु जसले घरमा बसेर टिभी हेर्ने फुर्सद हुन्न उनीहरुका निम्ति बनेको जस्तो लाग्छ ब्यबसायी शिशिर भट्ट लाइ पनि | किनभने उनि कामको शिलसिलामा धेरै जसो समय अफिस र घरबाहिर हुँदा नेपाल टेलिकम, एनसेलको थ्रीजी मा पनि सजिलै गुणस्तरीय भिडियो हेर्न पाइने अनुभब हामीलाई शेयर गर्छन | “नेपालका लगभग सबै राष्ट्रिय टिभी च्यानल सहित बिदेशी स्वदेशी गरि क्षेत्रीय च्यानल हेर्ने सुबिधा भएको अन्य ‘मोबाइल एप’ नेपालमा मैले पाएको छैन” भट्टले हामीलाई बताए |

बैंकिंग सेवा बाट बिश्राम लिएका गीतकार,लेखक, कुसल ब्यबस्थापक पछिल्लो समय सामाजिक संजालमा निकै एक्टिभ रहने राजु नेपालले पनि आफुलाई नेट टिभी निकै राम्रो लागेको बताए | म संग भएका सबै डिभाइसहरु एन्ड्रोइड फोन, आइप्याड र आइफोनमा नेट टिभी छ र युजर फ्रेन्डलि छ, उनले भने |

अर्थ सम्बन्धि कार्यक्रम कान्तिपुर टेलिभजनका लागि उत्पादन गर्दै आईरहेका संचारकर्मी हिमाल न्यौपाने पनि नेट-टिभी का फ्यान हुन | अफिसमा अपडेट हुन होस या घरमा बत्ति नभएको बेला निकै उपयोगी साबित भइरहेको छ नेट-टिभी | बच्चा देखि बुढाबुढी सम्म लाइभ टिभी देखि सिनेमा सम्म सबै एउटा एपमा भएका कारण पनि यो टिभी निकै चर्चित हुने उनको भनाइ छ |

यी त उदाहरण मात्र हुन, नेटटिभी मार्फत नेपाली,हिन्दि मात्र हैन जर्मनी,अष्ट्रेलिया पलस,बिबिसी,लगायतका च्यानल भएका कारण पनि नेट टिभी कुटनितिक र उच्च प्रबिधि फलो गर्ने हरुका निम्ति पनि उत्तिकै उपयोगी बनिरहेको पाइएको छ |उसो त ESPN, सोनी सिक्स जस्ता च्यानल पनि नेट टिभीमा हेर्न पाइने भएका कारण खेलमा रुची राख्नेहरुका लागि पनि नेट टिभी निकै रुचिको बिषय बनेको पाइएको छ |

नेपालमा भर्खरै मात्र  एनआईटिभी स्ट्रिम्ज प्रालीले एन्ड्रोइड फोनआइफोनको लागि ‘फ्रि मोबाइल एप्लिकेसन’ ‘नेट टिभी नेपाल’ सार्बजनिक गरेको हो । छिट्टै सेटअप बक्समार्फत नेपालमा आइपीटेलिभिजन (IPTV-Internet Protocol Television Platform) सेवा सुरु गर्ने क्रममा रहेको नेट टिभीले नेपालका लागि फ्रि मोबाइल एप्लिकेसन सार्बजनिक गरेको हो । सो एपमार्फत प्रयोगकर्ताले विभिन्न नेपाली, हिन्दी, अंग्रेजी भाषाका मनोरन्जन र खेलकुदका च्यानल ‘फ्री’ मै हेर्न सक्नेछन् ।

छोटो समयमा नै निकै अत्यधिक रुचाइएको यो मोबाइल एप नेपालीहरुले नै नेपालको लागि बिकास गरिएको हो । अबको समय सबै इन्टरनेट बेस भइसक्यो त्यसैले मोबाइल लाई लक्षित गरी नयाँ-नयाँ प्रडक्ट आउने क्रममा छन । जापानमा रहेको न्यु आइटीभेन्चर कर्पोरेसनले नेपालका मेजर इन्टरनेट प्रदायक संस्था संग मिलेर सेटअप बक्स मार्फत छिट्टै सेवा ल्याउँदै छ, यसैको एउटा प्रडक्ट मोबाइलमा टिभी हेर्ने एप नेट टिभी हो ।

नेपाली प्रयोगकर्ता माझ लोकप्रिय बनेको सो एप आइफोन र एन्ड्रोइडमा करिब एक लाख डाउनलोड भैसकेको छ । नेट टिभी नेपाल डाउनलोड गरि फेसबुक आइडी, पासवोर्ड प्रयोग गरी फ्री मै सजिलै हेर्न सकिनेछ । ‘नेट टिभी नेपाल’ अहिले कै पछिल्लो प्रबिधि गुगल क्रोमकाष्ट समेत सपोर्ट गर्ने गरि बिकास गरिएको छ । क्रोमकाष्ट मार्फत एपलार्इ सजिलै टिभीमा कनेक्ट गरि मोबाइल हेर्न सकिने कम्पनीले जनाएको छ ।

For Android को एप डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।

For IOS को एप डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More