राजनीति

रसियन कम्युनिष्ट पार्टीको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल रुस प्रस्थान

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शनिबार रुस प्रस्थान गर्नुभएको छ ।

अध्यक्ष नेपाल

रसियन कम्युनिष्ट पार्टीको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अन्तरराष्ट्रिय कम्युनिष्ट सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । रुसमा यही जेठ ११ गते हुने सम्मेलनमा उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका नेता ताजमोहम्मद मियाँले जानकारी दिनुभयो ।

रसियन कम्युनिष्ट पार्टीको महासचिव गेन्नाडी जुहानोभलगायत शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुहुने कार्यसूची छ । उहाँले नेपाल र रुसबीचको मैत्री सम्बन्ध, आर्थिक विकास, आपसी हितका विषयमा छलफल गर्नुहुनेछ । यही जेठ १३ गते सहसंयोजक स्वदेश फर्कनुहुनेछ ।

नेता नेपालको नेतृत्वमा पार्टी प्रवक्ता प्रकाश ज्वाला पनि उक्त कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ । पार्टीका नेता तथा कार्यकर्ताले सहसंयोजक नेपाल र प्रवक्ता ज्वालालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.