आपतकालीन कोष खडा गर्न गोर्खा समाजको वनभोज (फोटोहरुसहित)
“परोपकार र सेवा हाम्रो धर्म, गोर्खाली हुनुमा हाम्रो गर्व” नाराका साथ सन् २०१६ मा स्थापना भएको ‘गोर्खा समाज जापान’ले आज आइतबार राजधानी टोकियोमा वनभोजसहित सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रम आयोजनाको उद्देश्यबारे जानकारी दिदै समाजका अध्यक्ष अर्जुन ढकालले आपतकालीन अक्षय कोष स्थापनाका साथै गोर्खालीहरुको एकताका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

अध्यक्ष ढकालले विभिन्न संघसंस्थाहरुसंग हातेमालो गर्दै अगाडि बढ्ने योजना अनुसार आजको कार्यक्रम आयोजना गरिएको जापानमा रहेका नेपालीहरुमा परेका समस्या समाधान र उद्धारका लागि सक्रिय रहँदै आएको बताउनुभयो ।

समाजले गोर्खाबासीका लागि मात्र होइन अन्य संघसंस्थाहरुसंग समन्वय गरिरहेको जानकारी दिंदै अध्यक्ष ढकालले नेपालमा परेको विपदका बेला सहयोग गरिरहेको जानकारी दिनुभयो ।

नेपालको गोर्खा जिल्लाबाट जापानमा गई विभिन्न पेशा, व्यवसाय र रोजगारीमा संलग्न गोर्खालीहरुको साझा संस्था ‘गोर्खा समाज जापान’ले विभिन्न सामाजिक कार्यका लागि रकम संकलन गर्नेउद्देश्यसहित यस्ता कार्यक्रमहरु आयोजना गर्दैआएको छ ।
टोकियोबाट दीपक पौडेलको सहयोगमा




प्रतिक्रिया राख्नुहोस्