नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ ।
प्रतियोगिता मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १४ सदस्य नेपाली खेलाडी छनोट गरेको क्यानद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामी समावेश छन् ।
टोलीका अन्य खेलाडीमा करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की रहेका छन् । छनोट चरणका लागि उच्च लयमा रहेका डा. इशान पाण्डेलाई विश्राम दिइएको छ ।




प्रतिक्रिया राख्नुहोस्