खेलविविध

माल्दिभ्सलाई पराजित गर्दै नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा

नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । नेपाल समूह ‘ए’बाट सेमिफाइनल पुगेको हो ।

जितसँगै तीन खेल खेलेको नेपालको सात अ¬ङ्कसहित अङ्क तालिकाको शीर्षस्थानमा छ । नेपाल आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो भने हिजो भएको दोस्रो खेलमा नेपालले कीर्गिस्तानलाई हराएको थियो ।

त्यसैगरी नेपालकै समूहमा रहेको भारत दोस्रो स्थानमा छ । भारतको पाँच अङ्क छ । त्यस्तै सोही समूहमा रहेको कीर्गिस्तानको तीन अङ्क छ भने माल्दिभ्स अङ्कविहीन रहँदै समूह चरणबाट बाहिरिएको छ ।

त्यस्तै सोमबार हुने समूह ‘ए’अन्तर्गत भारत र कीर्गिस्तानको खेलपछि नेपालको समूहको विजेता र उपविजेता टुङ्गो लाग्नेछ ।

नेपालले आज माल्दिभ्समाथि पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पा-यो भने खेलको दोस्रो सेट २५–९ ले जित्यो । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट नेपालले माल्दिभ्समाथि २५–२० को जित निकाल्यो ।

त्यस्तै समूह ‘बी’बाट भने कजाखस्तान र इरान सेमिफाइनलमा पुगेका छन् । कजाखस्तानले बङ्गलादेशलाई ३–० सेटमा हराउँदा इरानले श्रीलङ्कालाई पनि ३–० कै सेटमा हरायो । प्रतियोगिताको समूह ‘बी’बाट श्रीलङ्का र बङ्गलादेश समूह चरणबाटै बाहिरिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.