बिशेषराजनीति

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनद्वारा शपथ

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई शपथ ग्रहण गराउनुभएको हो ।

गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ र पुन स्वतन्त्र उम्मेदवार भई म्याग्दीबाट निर्वाचित सांसद हुनुहुन्छ । शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरूको उपस्थिति रहेको थियो ।

गुरुङ यसअघि पनि गृहमन्त्री नै बनूभ्येको । तर सम्पत्ति विवरणको विषयमा विवाद भएपछि उहाँले वैशाख ९ गरे राजीनामा दिनुभएको थियो । तर सरकारले गठन गरेको छानबिन समितिले उनलाई क्लिनचिट दिएपछि उहाँ फेरि गृहमै दोहोरिनुभएको हो ।

यता महावीर पुन भने जेनजी आनदोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.